Successfully Copied

मूर्ति शिक्षामा दक्ष

मूर्तिमा महिला कलाकारहरूका लागि फराकिलो क्षेत्र भएको उनी बताउँछिन् । आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन्– ‘धेरै अर्डर आएकोले मैले त सिर्जनात्मक काम नै धेरै गर्न सकेको छैन ।’ ‘शिव–पार्वती डान्सिङ मुड’को मूर्ति उनले बनाएकामध्ये धेरैले रुचाएको कला हो । 

चितवनमा जन्मिएकी इन्दिरा अर्थात् कमला श्रेष्ठका दुई दाजु चित्र कोरिरहन्थे । दाजुहरूको नक्कल गर्दै उनी पनि चित्र कोरिरहन्थिन् । त्यतिबेला इन्दिरालाई दाइका जस्तै चित्र कसरी बनाउने होला भन्ने कौतूहलता हुन्थ्यो र दिनरात मेहनत गर्थिन् । 

उनका एक दाइ ‘प्रोफेसनल’ कलाकार नै हुन् । त्यसकारण पनि उनलाई कलेजमा आर्ट पढ्न कठिन भएन । पेन्टिङमा धेरै महिलाहरू पहिल्यै थिएन, त्यसैले उनी भने मूर्तिकला पढ्न पुगिन् । स्नातक सकेर उनी जर्मनमा मूर्तिकला नै पढ्न गइन् । ६ वर्ष जर्मनमा पढेर नेपाल फर्किन् र केही समय सिद्धार्थ वनस्थलीमा पेन्टिङका कक्षा लिइन् । तर उनलाई त्यहाँ सन्तुष्टि मिलेन र जागिर छाडिन् । 

अहिले उनले मूर्ति बनाउन वर्कसप बनाएकी छिन् । जहाँ मेटल, ढुंगा, माटो, काठ, सिमेन्ट र फाइबर ग्लासका मूर्तिहरू बनाउँछिन् । उनले सानादेखि ५–६ फिटसम्मका मूर्ति बनाइसकेकी छिन् । उनको काम गर्ने शैली केही भिन्न छ । एकैपटक ३–४ वटा काम सुरु गर्छिन् । यसले काम गर्दा आफ्ना कमी–कमजोरीहरू पत्ता लगाउन सजिलो हुने उनको अनुभव छ । उनले बनाएका मूर्तिहरू अमेरिका र जर्मनमा पुगेका छन् । 

उनी कार्यशालाहरूमा पनि उत्तिकै सक्रिय छिन् । विभिन्न पार्कहरूमा उनका सिर्जना देख्न सकिन्छ । उनको कलाका ग्राहक धेरै छन्, उनीहरूकै काममा धेरै व्यस्त हुन्छिन् । घर सजाउन मन पराउनेहरूका लागि क्रियटिभ इन्टेरियर पिस र शालिकहरू बनाउँछिन् ।

मूर्तिमा महिला कलाकारहरूका लागि फराकिलो क्षेत्र भएको उनी बताउँछिन् । आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन्– ‘धेरै अर्डर आएकोले मैले त सिर्जनात्मक काम नै धेरै गर्न सकेको छैन ।’ ‘शिव–पार्वती डान्सिङ मुड’को मूर्ति उनले बनाएकामध्ये धेरैले रुचाएको कला हो । 

उनले बनाउने मूर्तिहरूको मूल्य १ देखि डेढ लाखसम्म हाराहारीका छन् । ईन्दिराले आधुनिक मूर्तिकला विधामा राष्ट्रिय ललितकला पुरस्कार–२०७२ तथा भद्रकुमारी घले सेवा सदनबाट ललितकला पुरस्कार–२०७४ प्राप्त गरेकी छिन् ।

 Image