डस्की छालाका लागि मेकअप

नारी संवाददाता

फाल्गुन २२, २०७६

फाउन्डेसनबाट फेयरनेस 

    डस्की छाला भएकाहरूको निधारको रंग गालाको भन्दा केही गाढा हुन्छ । अत: फाउन्डेसन लगाउँदा स्किनटोन एक समान देखिन्छ । 

    डस्की स्किनटोन भएका महिलाले फाउन्डेसन छनोट गर्दा सावधानी अपनाउनुपर्छ, कारण यस्तो टोनमा फाउन्डेसनको लाइट सेड पनि राम्रोसँग देखिन्छ । 

    राम्रो परिणामका लागि डिप एलो वा रिच गोल्डेन टोन भएको फाउन्डेसन प्रयोग गर्नुपर्छ । 

    डस्की छालालाई फेयर इफेक्ट दिन फेस पाउडर पनि प्रयोग गर्न सकिन्छ । 

आइमेकअपका लागि परफेक्ट सेड 

    दिउँसो कुनै समारोहको आइमेकअपका लागि वार्म ब्राउन, चकलेट, सिल्भर ब्रन्ज, ग्रिन आदि सेड छनोट गर्नुपर्छ । यी सेड्स डस्की छालाका लागि परफेक्ट हुन्छन् । 

    नाइट पार्टीका लागि गोल्डेन वा मेटालिक सेड्सजस्तै कपर, बर्गन्डी, पर्पल आइस्याडो प्रयोग गर्नुपर्छ । यी सेड्स डस्की छाला सुहाउँदा हुन्छन् । 

    आइमेकअपलाई आकर्षक इफेक्ट दिन आइस्याडोको दुई सेड्स प्रयोग गर्नुपर्छ । जस्तै इनर आइलिडमा लाइट तथा आउटर आइलिडमा डार्क सेड लगाउने । 

    कलरफुल आइमेकअपबाट जोगिने हो भने स्मोकी आइमेकअप उत्तम विकल्प हो । डस्की छालामा स्मोकी आइमेकअप सुन्दर देखिन्छ । 

उपयुक्त लिप कलर 

    लिप मेकअपका लागि डार्कको साटो लिपिस्टिकको न्युड सेडलाई प्राथमिकता दिनुपर्छ । 

    प्राकृतिक लुकका लागि ब्राउन, चकलेट, रेडजस्ता रंग छनोट गर्नुपर्छ । 

    नाइट पार्टीमा प्लम, वाइन वा डिप रेड कलरको लिपिस्टिक लगाउन सकिन्छ । 

    डस्की छाला भएकाहरूले लिप कलरमा पिंक, ओरेञ्जजस्ता सेड प्रयोग गर्नु हुँदैन ।

गालालाई हाइलाइट 

    गालालाई हाइलाइट गर्न वार्म कफी तथा ब्रिक्स सेडका ब्लसर लगाउनुपर्छ । यो डस्की छालामा बढी सुहाउँछ । 

    फाउन्डेसनका रूपमा ब्लसरको अर्को कोट पनि लगाउने गल्ती गर्नु हुँदैन । यसले लुकलाई बिगार्न सक्छ । 

सन प्रोटेक्सन 

डस्की छालामा पनि घामको प्रभाव पर्छ । अत: सूर्यको हानिकारक किरणबाट छालालाई जोगाउन २५+एसपीएफयुक्त सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसबाट छाला ड्यामेज हुने डर हुँदैन भने भद्दा समेत देखिँदैन । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>