Successfully Copied

कक्टेल पारखीका लागि

पुदिनाका पातलाई हत्केलामा राखेर अर्को हातले हिर्काउने । यसो गर्दा पुदिनाको वासना सबैतिर फैलिन्छ । त्यसलाई खाली गिलासमा हाल्ने, ४ देखि ६ पिस कागती हाल्ने । पुदिना र कागतीलाई “मडल” गर्ने, त्यसपछि ६० मिलिलिटर भोड्का हाली सुगर सिरप वा चिनी हाल्ने ।

मोहितो

सामग्री : भोड्का, सुगर सिरप, पुदिनाको पात, पाँचवटा कागती ।

विधि: पुदिनाका पातलाई हत्केलामा राखेर अर्को हातले हिर्काउने । यसो गर्दा पुदिनाको वासना सबैतिर फैलिन्छ । त्यसलाई खाली गिलासमा हाल्ने, ४ देखि ६ पिस कागती हाल्ने । पुदिना र कागतीलाई “मडल” गर्ने, त्यसपछि ६० मिलिलिटर भोड्का हाली सुगर सिरप वा चिनी हाल्ने । त्यसपछि आफ्नो इच्छानुसार आइस हाल्ने ।

फिडेल क्यास्ट्रो

सामग्री : ६० मिलिलिटर डार्क खुकुरी रम, जिन्जर एली, कागतीको रस ।

विधि : ६० मिलिलिटर खुकुरी रम एउटा गिलासमा हाल्ने, त्यसपछि १५ मिलिलिटर कागतीको रस हाल्ने, इच्छानुसार आइस क्युब राख्ने, जिन्जर एले हालेर राम्रोसँग चलाएपछि फिडेल क्यास्ट्रो तयार हुन्छ । 

टिरामिसु

सामग्री : बकार्डी ह्वाइट रम ४० एमएल, कहलुआ ३० एमएल, एक्सप्रेसो ३० एमएल, फ्रेस क्रिम ६० एमएल, कोका पाउडर थोरै, तासिएको चकलेट थोरै, चकलेट सिरप १५ एमएल ।

विधि : सेकरमा बकार्डी ह्वाइट रम, कहलुवा, एक्सप्रेसो, फ्रेस क्रिम तथा चकलेट सिरप हाल्ने र बेस्सरी हल्लाउने । केही बेर हल्लाएपछि तासिएको चकलेट पोतिएको ककटेल गिलास वा मार्टिनीमा ककटेल खन्याएर सर्व गर्ने । यो ककटेल गुलियो हुन्छ । 

 Image