Successfully Copied

मधुमेह रोगीले के खाने

मधुमेह दीर्घकालीन स्वास्थ्य समस्या भएकाले यो पूर्णरूपमा निको हुँदैन । यसलाई नियन्त्रण भने गर्न सकिन्छ । त्यसका लागि जीवनशैली परिवर्तन गर्नुपर्छ । पोषणसँग सम्बन्धित रोग भएकाले खानाका साथै शारीरिक क्रियाकलापमा ध्यान दिनुपर्छ ।

मधुमेह दीर्घकालीन स्वास्थ्य समस्या भएकाले यो पूर्णरूपमा निको हुँदैन । यसलाई नियन्त्रण भने गर्न सकिन्छ । त्यसका लागि जीवनशैली परिवर्तन गर्नुपर्छ । पोषणसँग सम्बन्धित रोग भएकाले खानाका साथै शारीरिक क्रियाकलापमा ध्यान दिनुपर्छ । शरीरमा चिनीको मात्रा नियन्त्रण हुन नसके सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्छ । 

के खाने ? 

मधुमेह भएकाले यस्तै खाना खानुपर्छ भन्ने निश्चित त हुँदैन । शरीर स्वस्थ राख्न तथा दैनिक काम राम्ररी गर्न कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थलगायत पर्याप्त दिने पौष्टिक तत्व आवश्यक मात्रामा समावेश गरिएको सन्तुलित भोजनको आवश्यकता पर्छ । त्यसमा रोगीको उमेर, लिङ्ग, तौल र उसले गर्ने कामलाई ध्यानमा राख्नुपर्छ । यी सबै कुरा विचार गरेर उसलाई दैनिक चाहिने शक्तिको हिसाब गरिन्छ । 

कतिले आफूखुसी नै खानेकुरा बार्छन् । तर खानामा अनावश्यक बन्देज लगाउन ठीक होइन । सम्बन्धित चिकित्सक तथा डाइटिसियनले सिफारिस गरेअनुसार दैनिक भोजनको उपभोग गर्नुपर्छ । एउटा स्वस्थ व्यक्तिले भोजनको योजना गर्दा खानामा कार्बोहाइड्रेट ६० देखि ७० प्रतिशत, फ्याट ३० प्रतिशत र प्रोटिन ८ देखि १० प्रतिशत समावेश हुनुपर्छ भने मधुमेह भएका बिरामीलाई कार्बोहाइड्रेट ५० देखि ६० प्रतिशत प्रोटिन १० देखि १५ प्रतिशत र चिल्लो ३० देखि ३५ प्रतिशतसम्म पुर्‍याउनुपर्छ । 

डाइबिटिक डाइट १८ सय क्यालोरीको हुनुपर्छ । त्यसका लागि चिनी नराखेको दूध वा चिया १ कप सेवन गर्नुपर्छ । अन्डा एउटा र पाउरोटी २ पिस खानुपर्छ । बिहानको खानामा ८० ग्राम चामल (पाकेको भात (सानो २ कचौरा), दाल १ कचौरा र हरियो सागपात प्रशस्त मात्रामा समावेश गर्न सकिन्छ । दही वा दूध १ कपका साथै सलाद (काँक्रो, गाजर, मुला) खानु उपयुक्त हुन्छ । दिउँसोको खाजामा एक कप दूध, हरियो मकै, पास्ता एवं चाउमिन खान सकिन्छ । बेलुकीको खानामा ठिक्क मात्रामा ढिँडो, रोटी, च्याँख्ला, दाल १ कचौरा, मासु वा पनीर ५–६ टुक्रा तथा सलाद इच्छानुसार खान सकिन्छ । 

 Image