मामाघरको सपना
नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए ।

रामपुरमा आयोजना भएको मिस क्वीन रामपुरको उपाधी अनिश्मा वंशी ठकुरीले जित्न सफल भइन् । प्रतियोगिताको फाइनलमा ६ प्रतिस्पर्धीलाई उछिन्दै रामपुरकी अनिश्माले क्राउन लगाउन सफल भइन् । रामपुरकै शर्मिला आले मगरले फस्ट रनर अप, सुस्मिता कार्कीले सेकेण्ड रनर अप र अस्मिता राना मगरले भ्युअर च्वाईस एवार्ड जिते ।
विजेता, फस्ट रनर अप, सेकेण्ड रनर अप र भ्युअर च्वाईस एवार्ड विजेताले क्रमश नगद ३०, २० र १० हजार पाए । फाईनलमा पुग्न सफल ७ जनालाई विभिन्न विधामा पुरस्कृत गरियो । मस्ट पपुलर र वेष्ट फिगर एवार्ड शर्मिला आले मगर, फोटो जेनिक र मस्ट ब्युटीफुलाइज एवार्ड अस्मिता राना मगर, वेष्ट हाइट र वेष्ट हेयर सृजना विसी, वेष्ट स्किन र मस्ट हेल्दी एवार्ड इन्द्रा थापा, मस्ट व्युटिफुल, वेष्ट पर्सनालिटी र वेष्ट वाक एवार्ड अनिश्मा वंशी ठकुरीलाई प्रदान गरियो ।
मस्ट ट्यालेन्टेड र मस्ट कन्फिडेन्स अवार्ड सुस्मिता कार्कीलाई र मस्ट बब्ली र मस्ट युनिक एवार्ड अमृता थापालाई प्रदान गरियो । यो प्रतियोगितामा १६ जना युवतीहरुले सहभागीता जनाएका थिए ।