Successfully Copied

कठिन परिस्थिति नभई ठूलो सफलता पाउन सकिँदैन  :  संयुक्ता श्रेष्ठ 

कठिन परिस्थिति नभई ठूलो सफलता पाउन सकिँदैन । लन्डनमा बुटिक खोल्नु मेरो ठूलो सपना थियो । सच्चा मनले देखेको सपना पूरा हुन्छ भनिन्छ नि । मेरो हकमा त्यस्तै भयो । मैले देखेको सपनालाई ठाउँ र रुचिअनुसार थिम बनाएर पूरा गर्न मिहिनेत गरेँ ।

नेपाली फेसनमा नाम र दाम दुवै कमाएकी डिजाइनर हुन् संयुक्ता श्रेष्ठ । पूर्वी र पश्चिमा अवधारणा मिसाउनु उनको विशेषता हो । त्यो उनका लागि प्लस प्वाइन्ट भयो । उनले बेलायतको फेसन डिजाइनिङको क्षेत्रमा प्रतिष्ठित मानिने वेडिङ बुटिक अफ दि इयर–२०२० को एवार्ड पाएकी छन् । 

वेडिङ बुटिक अफ दि इयर, २०२० एवार्ड पाउँदा कस्तो अनुभूति भयो ? 

बेलायतमा रहेका दुलहीहरूबाटै छनोटमा परिने यो एवार्ड पाउनु चानचुने कुरो पक्कै होइन । जब नोमिनेसनमा परेको खबर आयो, एकछिन त बोल्नै सकिनँ । एक त नेपाली समुदायबाट गएकी, त्यसमा पनि मजस्ता डिजाइनर त कति–कति ? तर मेरा ग्राहकहरूले मलाई विश्वास गरी, मेरो काम रुचाई नोमिनेसन गरिदिनुभयो । भोटिङमार्फत एवार्ड पाउँदा भाग्यमानी ठानेँ ।

एवार्ड हात पर्दा सबैभन्दा पहिला के कुरा सम्झनुभयो ?

परिवार र नेपाललाई सम्झें । मैले फेसन डिजाइनिङ सुरु गर्दा नेपाली सेलिब्रेटी, मिडिया र ग्राहकले साथ नदिएको भए यो दिन आउने थिएन भन्ने कुरा मनमा आइरह्यो । त्यसैले यो एवार्ड नेपालका लागि समर्पित गर्न चाहन्छु ।

नेपालबाट लन्डन गएर काम सुरु गर्दा कत्तिको गार्‍हो थियो ?

कठिन परिस्थिति नभई ठूलो सफलता पाउन सकिँदैन । लन्डनमा बुटिक खोल्नु मेरो ठूलो सपना थियो । सच्चा मनले देखेको सपना पूरा हुन्छ भनिन्छ नि । मेरो हकमा त्यस्तै भयो । मैले देखेको सपनालाई ठाउँ र रुचिअनुसार थिम बनाएर पूरा गर्न मिहिनेत गरेँ । मैले एसियन दुलहीहरूलाई लक्षित गरेकाले नयाँपन देखियो । त्यही भएर छोटो समयमै आफ्नो सिर्जना देखाउने र पहिचान बनाउने मौका पाएँ । 

 Image