प्रेरणादायी पुष्पा
गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् । उनी दशककै प्रेरणादायी व्यक्तित्व घोषित भएकी छिन् ।

इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल–२०२०’ अनुस्का रायमाझीले नेपालको प्रतिनिधित्वे गर्ने भएकी छिन् ।
मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो ।
रायमाझीलाई गत वर्षकी मिस इको इन्टरनेसनल विजेता मुना गौचनयले ताज लगाई दिएकी थिइन् ।
रायमाझीले आगामी मार्चमा ईजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेसनल २०२०’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुन् ।
रायमाझी नेपालको तर्फबाट सहभागीता जनाउने पाँचौ सहभागी हुन् । यसअघिका प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाएका थिए । मिस इको नेपालको उपाधी लगाएपछि रायमाझीले अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने एक अवसर प्राप्त भएको बताएकी छन् ।