Successfully Copied

व्यायाममा बढ्दो क्रेज 

व्यायामशालामा सबै उमेर समूहका मानिसहरू आउँछन् । व्यायाममा युवायुवतीहरूको क्रेज बढिरहेको छ । यहाँ महिलाहरूलाई गर्भधारणको समयलाई ध्यान दिएर पनि व्यायाम गराइन्छ । यो व्यायामशालामा प्रि डेलिबरी र पोस्ट डेलिबरीका महिलाहरूले व्यायाम गर्न सक्छन् ।

सामान्यतया फिटनेस सेन्टरमा मानिसको शारीरिक बनावटअनुसार व्यायाम गराइन्छ । तर इटहरी बीपी चोकमा सञ्चालित द व्यायामशालामा भने केही फरक विधि अपनाइन्छ । व्यायामशालाले व्यायामका साथै डाइट तालिकासमेत दिन्छ । व्यायामशालामा आउने मानिसहरूलाई उचित डाइट लिए–नलिएको जानकारी पनि लिन्छ । 

व्यायामशाला कहिलेदेखि सञ्चालनमा आएको हो ?

व्यायामशाला गत फागुनदेखि सञ्चालनमा आएको हो । 

व्यायामशालाका विशेषताहरू के हुन् ?

व्यायामशाला विशेषगरी मोटोपन घटाउनमा केन्द्रित हुन्छ । यहाँ नियमित डाइटको तालिकासमेत सिकाइन्छ । व्यायामशालाले मानिसहरूलाई एक्सरसाइजका साथै डाइटको समेत ज्ञान दिन्छ । 

डाइटसम्बन्धी मानिसहरूको बुझाइ कस्तो छ ?

एक्सरसाइज गर्नुपर्छ, एक्सरसाइजले स्वास्थ्यलाई राम्रो गर्छ भन्ने कुरा मानिसहरूले बुझेका छन् । तर कस्तो डाइट खाने, कति मात्रामा खाने भन्ने विषयमा त्यति जानकारी छैन । त्यसैले व्यायामशालाले डाइटको तालिका बनाई आवश्यक डाइट खानका लागि प्रेरित गर्छ ।

डाइटको मात्रा कसरी मिलाउन सकिन्छ ?

डाइटको मात्रा मानिसको शरीर र एक्सरसाइजमा भर पर्छ । 

व्यायामशालामा कति उमेर समूहका मानिसहरू आउँछन् ?

व्यायामशालामा सबै उमेर समूहका मानिसहरू आउँछन् । व्यायाममा युवायुवतीहरूको क्रेज बढिरहेको छ । यहाँ महिलाहरूलाई गर्भधारणको समयलाई ध्यान दिएर पनि व्यायाम गराइन्छ । यो व्यायामशालामा प्रि डेलिबरी र पोस्ट डेलिबरीका महिलाहरूले व्यायाम गर्न सक्छन् । यहाँ ६० वर्षमाथिका वृद्धाहरूलाई पनि व्यायाम गराइन्छ । 

प्रि र पोस्ट डेलिबरीलाई केन्द्रित गरेर व्यायामशालामा आउने महिलाहरूको संख्या कस्तो छ ?

प्रि डेलिबरीको समयमा व्यायामशालामा आउने महिलाहरूको संख्या एकदमै कम छ । बच्चा भइसकेपछि व्यायामशाला आउने महिलाहरूको संख्या बढ्दो छ । बच्चा भइसकेपछि शरीर केही भद्दा हुने, शारीरिक र मानसिक रूपमा पनि परिवर्तन आउने भएकाले पनि महिलाहरू पहिलेकै अवस्थामा आउन मेहनत गर्छन् ।

शारीरिक रूपमा कसरी स्वस्थ रहन सकिन्छ ?

शारीरिक रूपमा स्वस्थ रहन उचित खानपिनका साथै व्यायाम पनि गर्नुपर्छ । 

व्यायामशाला सञ्चालक तथा इस्ट्रक्टर

 

 Image