Successfully Copied

सुन्दरताले आत्मविश्वास बढ्छ 

मेरो सुन्दरता भन्नु नै मेरो आत्मविश्वास हो । मेरो आत्मविश्वास बढ्न म पहिरन, मेकअप र लुक्समा आकर्षक देखिनुपर्छ ।

श्वेता खड्का

तपाईंका लागि सुन्दरता के हो ?

मेरो सुन्दरता भन्नु नै मेरो आत्मविश्वास हो । मेरो आत्मविश्वास बढ्न म पहिरन, मेकअप र लुक्समा आकर्षक देखिनुपर्छ ।

आफू कत्तिको सुन्दर छु जस्तो लाग्छ ?

सुन्दरता भनेको अरूको आँखामा भर पर्ने कुरा हो । म आफूलाई माया गर्ने व्यक्ति परें त्यसैले मलाई आफू राम्री लाग्छ । आफू राम्रो त जगत् राम्रो भन्ने सोच छ ममा ।

लामो समय डिस्टर्भ भएर पुन: त्यही सुन्दरतालाई कसरी कायम गर्नुभयो ?

दादाले छोडेर गएपछि मेरो अनुहारभरि स्क्राच, डार्क सर्कल, आँखा गाडिएको र हेर्दा नै बिरामीजस्तै थियो । कन्फिडेन्ट लेबल शून्य थियो । केही गर्ने आँट थिएन । डिप्रेसनको सिकार भएँ, धेरै मोटाएकी थिएँ । सबैले यसरी हुन्न भनेर हौसला दिन थालेपछि मैले डा. जेविना लामाको स्किन क्लिनिकमा बिग्रिएको स्किनको ट्रिटमेन्ट गराएँ । १ वर्षभित्र २२ किलो घटाएँ । साढे ३ वर्षको ट्रिटमेन्ट र मेहनतपछि मैले पुन: यो रूप–रंग पाएकी हुँ ।

तपाईंले त्यहाँ के–के ट्रिटमेन्ट गराउनुभयो ?

मेडिपिल, भ्याम्पायर फेसियल, आइबल ट्रिटमेन्ट र डार्क सर्कलको ट्रिटमेन्ट गराएकी हुँ । त्यसले मेरो सुन्दरतामा निखार आयो ।

सुन्दरता निखार्न अझ के–के गर्ने प्लान छ ?

अनुहारमा धेरै कोठीहरू छन् । त्यसको सर्जरी गरेर हटाउने प्लानमा छु । पिनासले नाक पनि अलिकता बाङ्गो छ । त्यसैले नाकको सर्जरी पनि गराउँदैछु । डार्क सर्कल र चाउरीपनका लागि बोटक्सको प्लान पनि छ । 

 

सफलताका लागि सुन्दरताको भूमिका हुन्छ भन्न खोज्नुभएको हो ?

महिला सुन्दरताका भोका हुन्छन् । म मात्र होइन सबै महिलाले मेन्टेन गर्नुपर्छ । 

हिजोआज अनुहार बढी खुसी देखिन्छ नि ?

आजको दिन नै अन्तिम हो भनेर बाँच्न थालेकी छु । त्यसैले पहिलेको तुलनामा खुसी देखिएको होला । 

तस्बिर : महेश प्रधान

पहिरन तथा एसेसरिज : उमा नेमकुल, काव्य बुटिक, पाटनढोका

मेकअप तथा हेयर स्टाइल : ज्योति लिम्बू, ल्यासेस मेकअप स्टुडियो, लाजिम्पाट

लोकेसन : एलिस रिसेप्सन, गैरीधारा

 

 Image