Successfully Copied

सबैको आ–आफ्नै स्टाइल हुनुपर्छ

सबैलाई सबै खालका आउटफिट सुहाउँदैनन् । सबैको आ–आफ्नै स्टाइल हुनुपर्छ । अरुको कपी गरेर, फेसनमा यो छ भनेर पछी लाग्नु हुँदैन । आफूले जे लगाइएको छ त्यसमा सेल्फ कन्फिडेन्ट हुनुपर्छ । कन्फिडेन्ट भयो भने जस्तो लुक्समा पनि स्मार्ट देखिन्छ ।

मोनिका प्रजापति,क्याप्टेन

एक दशकदेखि पाइलटका रूपमा कार्यरत मोनिका हाल यति एयरलाइन्समा क्याप्टेन छिन् । उनलाई असोज र कात्तिक महिना सारै मन पर्छ । त्यतिबेला माउन्टेन फ्लाइट उडाउँदा आकाश, हिमाल, पहाड एवं मौसम निकै सुन्दर देखिन्छन् ।

जाडो महिना कस्तो लाग्छ ?

जाडो महिना मलाई खासै मन पर्दैन । चिसोको एलर्जी भइरहन्छ । त्यसैले जाडोबाट बच्ने उपाय गरिहाल्छु । 

जाडोमा फ्लाइट उडाउँदा तपाईंको पहिरन कस्तो हुन्छ ?

युनिफर्ममाथि लेदरको ज्याकेट, लेदर बुट, हातमा लेदरको पञ्जा हुन्छ र प्लेन भित्र त एसी भइहाल्छ । जाडो महसुस हुन पाउँदैन । 

जाडो मौसममा बढी के लगाउनुहुन्छ ?

स्कर्ट मलाई मनपर्ने आउटफिट हो । जाडो मौसममा पनि स्कर्ट नै बढी लगाउँछु । ऊलन, पस्मिना स्कर्टमा स्टकिङ, बुथ र लङ कोट बढी लगाउँछु । 

कस्तो पहिरनमा स्मार्ट फिल हुन्छ ?

फर्मल वेयरमा स्मार्ट लाग्छ । 

सपिङ कता गर्नुहुन्छ ?

म नेपालमा त्यति सपिङ गर्दिन । जेट स्ट्रिमको सिमिलेटर लन्डनमा हुने हुदाँ हरेक वर्ष लन्डन जानुपर्छ । त्यही मौकाको फाइदा उठाई उतै सपिङ गर्छु । ब्रान्डेड शोरुमका सेलहरूमा बढी किनिरहन्छु । सस्तो र राम्रो चीज पाइने भएकाले वर्ष दिनलाई चाहिने सबै सामान उतैबाट किनेर ल्याउँछु । 

सबैभन्दा बढी कलेक्सन केको छ ?

जुत्ता र कोटको ।

जाडोमा खाना के मनपर्छ ?

ग्रिन टी, सुप, झोल म:म, क्वाँटी, थुक्पा नै बढी मनपर्छ । 

फिट रहन के गर्नुहुन्छ ?

नियमित रूपमा जिम जान्छु । कार्डियोविना कल्पनै गर्न सक्दिन । हरेक मौसम जिम जान्छु ।

फेसनप्रतिको तपाईंको बुझाइ ?

सबैलाई सबै खालका आउटफिट सुहाउँदैनन् । सबैको आ–आफ्नै स्टाइल हुनुपर्छ । अरुको कपी गरेर, फेसनमा यो छ भनेर पछी लाग्नु हुँदैन । आफूले जे लगाइएको छ त्यसमा सेल्फ कन्फिडेन्ट हुनुपर्छ । कन्फिडेन्ट भयो भने जस्तो लुक्समा पनि स्मार्ट देखिन्छ ।

 

 Image