Successfully Copied

ब्रान्ड कन्सस सुजिना

अहिले पोलुसन निकै बढ्नुका साथै युभी रेको प्रभाव पनि डरलाग्दो छ । त्यसमाथि मेकअपले अर्काे केमिकल कम्बिनेसन हुँदा स्किन बिग्रन्छ भनेर निकै डर लाग्छ । त्यसैले म स्किन केयरका लागि खर्च गर्न कन्जुस्याईं गर्दिन ।

स्किन केयर

अहिले पोलुसन निकै बढ्नुका साथै युभी रेको प्रभाव पनि डरलाग्दो छ । त्यसमाथि मेकअपले अर्काे केमिकल कम्बिनेसन हुँदा स्किन बिग्रन्छ भनेर निकै डर लाग्छ । त्यसैले म स्किन केयरका लागि खर्च गर्न कन्जुस्याईं गर्दिन । म फेसियल क्लिन्जर सोप प्रयोग गर्छु । एक दिन ग्याप छोडेर स्क्रब गर्छु । स्क्रब म आफै घरमा तयार पार्छु । मेरो स्किनमा डन्डिफोर नआउने भएकाले दही र स्क्रब मिक्स गरेर प्रयोग गर्छु जसले एन्टी एजिङ रोक्छ । म स्किनमा सनब्लक र नाइट क्रिम मात्र प्रयोग गर्छु । टोनरको काम गोलभेंडाबाट र सिरमको काम आलमण्ड आयलबाट चलाउँछु । बडीमा चाहिँ बडी स्क्रब र लोसन लगाउँछु ।

हेयर केयर

म हेयर मास्कका रूपमा दही र अण्डाको सेतो भाग मिसाएर लगाउँछु । जीपी हेयर आयल समय–समयमा प्रयोग गर्छु । त्यसैले मेरो हेयर सिल्की र साइनिङ भएको हो । म हेयर केयरका लागि अल्छी गर्दिन ।

मेकअप

मेकअपमा बढी समय लाग्ने हुँदा मैले आइब्रोको माइक्रोब्लेडिङ र आइलाइसिस एक्सटेन्सन गराएकी छु । त्यसैले सनब्लक र लिपिस्टिक मात्र लगाए पुग्छ । अब लिपमा पनि परमानेन्ट मेकअप गर्ने योजना छ । 

पहिरन

म ड्रेसअपमा त्यति चुँजी छैन । आफूलाई सजिलो लागेको पहिरन लगाइरहन्छु । प्राय: क्याजुअलमा जिन्स र स्पोर्ट सुज नै बढी लगाउँछु । पार्टीमा भने ड्रेसेज तथा हिल्समा जान्छु । मलाई बढी फेन्सी लगाउन मन लाग्दैन । 

कलेक्सन

मेरो बढी कलेक्सन लुगा र जुत्ताकै छ । त्यसमा पनि मार्टिनको बुट बढी छ । लिपिस्टिक पनि विभिन्न ब्रान्ड र कलरका छन् । 

                                                           सुजिना श्रेष्ठ, रक गायिका 

 Image