Successfully Copied

सुपरहिरोज : नेपाली  वेशभूषा र सम्पदामा

सुपर हिरोजलाई विश्वले चिन्छ । नेपालको प्रचार–प्रसार गर्ने हो भने यी हिरोजका माध्यमबाट गर्नुपर्छ भन्ने सोच सन्नीको छ । ती पात्रलाई सन्नीले नेपालका जल्दाबल्दा मुद्दामा सहभागी गराएका छन् । उदाहरणका रूपमा माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा हल्कको सहभागिता देखाइएको छ । उनी नेवारी वेशभूषामा सजिएर नेपालको झन्डा

सिद्धार्थ आर्ट ग्यालरीमा पाटन निवासी सन्नी शाक्यको टोयोग्राफी प्रदर्शित भयो । हुन त उक्त प्रदर्शनी दुई हप्ताको थियो तर नेपालका लागि नयाँ भएको र धेरैले रुचाएकाले त्यसलाई एक हप्ता थप्नुपरेको ग्यालरीकी संचालिका संगीता थापा बताउँछिन् ।

हामीले टेलिभिजन एवं मुभीहरूमा देखिरहेका कार्टुनका चर्चित पात्रहरूलाई नेपाली लुक्समा ढालेर नेपाली परिवेशमै जोडेर तयार पारिएको फोटोग्राफी अर्थात् टोयोग्राफीले धेरैको मन जितेको थियो । केही समयअघि इन्स्टाग्राममा एउटा जोडी खेलौनाको फोटो राख्दा राम्रो प्रतिक्रिया आएपछि त्यसकै प्रभावमा ‘टोयोग्राफी’ सिरिज विकास भएको कलाकार शाक्य बताउँछन् ।

कार्टुनका चर्चित पात्रहरू समावेश भएकाले एकातिर यो कलाले मनोरञ्जन प्रदान गरेको छ भने अर्कातिर विदेशी पर्यटकले नेपालका सम्पदा एवं संस्कृतिका बारेमा सजिलै जानकारी पाएका छन् । शाक्य खासमा हस्तकलाको काममा व्यस्त कलाकार हुन् तर उनमा हस्तकलामा मात्र काम गर्ने सोच थिएन । त्यसैले उनी फोटोग्राफीतिर पनि लागे । यी दुई कुराको मिश्रणबाट नै उनले टोयोग्राफीको कन्सेप्ट अघि बढाएका हुन् । ख्यालख्यालमै सुरु गरेको उनको यो प्रयासलाई धेरैले रुचाए । त्यति मात्र होइन उनका सबै डिजिटल प्रिन्ट प्रदर्शनीका क्रममै बिक्री पनि भए । 

हातमा नेपाल लेखिएको खुकुरी बोकेर उभिएको वन्डरफुल लेडीलाई ‘वन्डरफुल कान्छी’ नाम दिएर कलाकार शाक्यले नेपाली महिलाहरूमा घरधन्दा मात्र नभएर युद्ध लड्ने बहादुरी पनि छ भन्ने कुरा देखाएका छन् । त्यति मात्र होइन नेपालीहरूको महान् चाड दसैंको थिममा शिरमा भादगाउँले टोपी र निधारमा दसैंको टीका–जमरा लगाएर हल्क बजारमा डुलिरहेको तस्बिर पनि तयार पारिएको छ ।

हल्क एक हातमा जनै र अर्को हातमा लट्टाई बोकेर साइकलमा उपत्यका घुमिरहेका देखिन्छन् । ज्यापू ड्रेसमा सजिएका हल्कलाई कहिले धिमे बजाइरहेको अवस्थामा त कहिले खर्पन बोकेर तरकारी बेच्न हिँडेको अवस्थामा देखाइएको छ । शाक्यका अरू तस्बिरमा ब्याटम्यान र स्पाइडर म्यान पनि पाटन दरबार स्क्वायरमा बसेर चंगा उडाउन लागेका छन् । 

सुपर हिरोजलाई विश्वले चिन्छ । नेपालको प्रचार–प्रसार गर्ने हो भने यी हिरोजका माध्यमबाट गर्नुपर्छ भन्ने सोच सन्नीको छ । ती पात्रलाई सन्नीले नेपालका जल्दाबल्दा मुद्दामा सहभागी गराएका छन् । उदाहरणका रूपमा माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा हल्कको सहभागिता देखाइएको छ । उनी नेवारी वेशभूषामा सजिएर नेपालको झन्डा बोकी गुठी विधेयकको विरोधमा उत्रिएका छन् । त्यसभन्दा पहिले उनी पाटनमा भएको विधेयककै अर्को खबरदारी मसाल जुलुसमा सहभागी थिए । त्यति मात्र होइन शाक्यले यी सुपर हिरो मच्छिन्द्रनाथको रथ निर्माण गर्न श्रमदान गरेको चित्र पनि तयार पारेका छन् ।

सन्नीले खिचेको तस्बिरमा सुपर हिरोजको प्रेमकथासमेत समावेश छ । हल्क बौचा ढुंगेधारामा पानी लिन आएकी बार्बी मैचासँग प्रेममा परेका छन् तर गुलाबको फूल लिएर बार्बी मैचालाई प्रेमप्रस्ताव राख्न जाँदा उसको मन टुट्छ किनभने उनले बार्बी थोरसँग विवाहबन्धनमा बाँधिन लागेको देख्छन् । ट्रेजेडीमा परेका हल्क चा उक्त पीडा सहन नसकी भट्टीतिर धाएको तस्बिर पनि प्रदर्शनीमा रोचक ढंगले प्रस्तुत गरिएको थियो । त्यस्तै ब्याटम्यान र हल्कले मन हल्का पार्न रक्सी पिउन लागेको दृश्यको एउटा तस्बिर पनि उत्तिकै रोचक छ ।

 

 Image