Successfully Copied

डण्डिफोर निचोर्ने बानीले गर्छ हानी

डण्डिफोर निचारिसकेपछि त्यसले झन् बढि जलन गराउन सक्छ र छालामा कालो दाग पनि बस्न सक्छ। र यो दाग डण्डिफोर जस्तो होइन, यो त साधेको लागि पनि बस्न सक्छ । फेरि डण्डिफोर निचार्दा नङमा भएको ब्याक्टेरिया र अन्य फोहोरको कारण अझ बढि सङ्क्रमण हुन

मानिसले नचाहेरै पनि बेला बेला डण्डिफोर आएकै हुन्छ ।  कसैलाई कुनै कुनै समय आउँछ त कतिपयलाई डण्डिफोरले असाध्यै सताएको पाईन्छ । डण्डिफोर आउँनासाथ निचोर्ने हामी मध्ये कतिपयको बानी हुन्छ । तर, डण्डिफोर निचोर्न भने हुँदैन् । यसरी डण्डिफोर निचोर्दा छालामा विभिन्न खाले समस्याहरु देखिन्छन् । 

युवावस्थामा विश्वभरीका ८०५ भन्दा धेरैले डण्डिफोरको पीडा सहनु पर्ने एक अध्ययनले देखाएको छ । प्रौढ अवस्थामा पनि एण्ड्रोजेन नामक हरमोनमा असन्तुलन भै डण्डिफोरले सताउँन सक्छ । पछिल्लो समय डण्डिफोरको बारेमा थुप्रै अनुसन्धानहरू भैरहेका छन् । तरपनि यसको ठेट कारण भने अझसम्म पत्ता लाग्न सकेको छैन। तर डण्डिफोर आउनु पनि हाम्रो प्रतिरक्षा प्रणालीकै कारण हो । 

हाम्रो छालामा हुने सूक्ष्म प्वालहरू जब बाहिरको धुलो र ब्याक्टेरियाले टाल्लिन्छ । तब त्यस प्वालमा हुने तेल निकाल्ने सबासियस ग्रन्थि पनि टाल्लिन जान्छ । जसको कारण ब्याक्टेरियाले सङ्क्रमण  गराउन सुरु गर्छ । यहि ब्याक्टेरियाहरू हाम्रो शरीरभित्र पस्न नपाओस् भनेर सेता रक्तकोषहरूले छेकेर बस्ने गर्दछन् र ती ब्याक्टेरियाहरूलाई बाहिर निकाल्न खोज्छन् । यसै कारण नै कुनै–कुनै डण्डिफोरको टुप्पामा कालो खिल देखिन्छ ।

किन निचार्नुहुँदैन डण्डिफोर ?

डण्डिफोर भनेको छालामुनि भएको एउटा सानो झोलाजस्तै हो, जसमा चिल्लो पदार्थ, ब्याक्टेरिया अनि जलन गराउने तत्व रहेको हुन्छ । यसलाई निचार्दा झोलाभित्र भएका सबै तत्वहरू छाला बाहिर निस्कन्छन् र बाहिरको छालामा सङ्क्रमण पनि हुन सक्छ । यसले झन् नकारात्मक परिणाम ल्याउन सक्छ ।

साथै, डण्डिफोर निचारिसकेपछि त्यसले झन् बढि जलन गराउन सक्छ र छालामा कालो दाग पनि बस्न सक्छ। र यो दाग डण्डिफोर जस्तो होइन, यो त साधेको लागि पनि बस्न सक्छ । फेरि डण्डिफोर निचार्दा नङमा भएको ब्याक्टेरिया र अन्य फोहोरको कारण अझ बढि सङ्क्रमण हुन जान्छ ।

डण्डिफोर १ हप्ताभित्र आफै हराएर जान्छ । 

 

 Image