Successfully Copied

ढाका बिषेसज्ञ लिम्बुलाई अभियान श्री सम्मान

ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान–२०७६’ बाट सम्मानित भएकी छिन ।सान फ्रान्सिस्को बे एरियामा सम्पन्न ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’मा उनलाई सम्मान प्रदान गरिएको थियो ।

ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान–२०७६’ बाट सम्मानित भएकी छिन । सान फ्रान्सिस्को बे एरियामा सम्पन्न ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’मा उनलाई सम्मान प्रदान गरिएको थियो । स्वदेसी उत्पादनलाइ आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्बाह गर्नुको साथै सामाजिक सेवामा पनि बिशिष्ट योगदान गरेको भन्दै लिम्बुलाई उक्त सम्मान गरिएको हो । 

नेपाली ढाकालाइ विश्वको ३३ वटा राष्ट्रमा पुराई नेपालको स्वदेशी उत्पादन ढाकालाई विश्वसामु परिचित गराउन सफल लिम्बु नेपाली ढाका फेसनलाई संसारभर परिचित बनाउन सफल भएकी छिन । लिम्बुले समाजसेवामा समेत सक्रिय रहँदै मुलुकलाई आफ्नो कर्मबाट सम्बृद्ध बनाउने कार्यमा महत्वपुर्ण योगदान गरेकी छिन् । 

 

 Image