सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।

बालबालिका सम्बन्धीत प्रतिभा, बौद्धिकता र व्यक्तित्व मापनको बाल सौन्दर्य प्रतियोगिता लिटिल आइडल नेपाल २०१९ को ग्राण्ड फिनाले गत काठमाडौं सम्पन्न भएको छ ।
प्रतियोगितामा बालिकाहरुतर्फ सिनियर उमेर समूहमा प्रियंका बस्नेत र जुनियर उमेर समूहमा स्याफ्रन श्रेष्ठ विजेताका रुपमा पुरस्कृत भएका छन् । सिनियर समूहमा सोमी कार्की र पूर्णिमा तामाङ क्रमश: फस्ट तथा सेकेन्ड रनर अप चयन भए भने जुनियर समूहमा मेरिना लिम्बु र देवेन्जना बरियात क्रमश: फस्ट तथा सेकेन्ड रनर्स अप घोषित भएका थिए ।
प्रतियोगितामा बालकतर्फ रक्षक दाहाल विजेता, अनुपम चौलागाईं फस्ट रनर अप तथा मार्विन तामाङ सेकेन्ड रनर अप चयन भएका थिए । गोकर्णेश्वर नगरपालिकाको सहकार्य ट्रेबल फेसन कन्र्सनले आयोजना गरेको सो प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो ।