‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
फिलिपिन्सको मनिलास्थित कोभ नाइट क्लबमा सम्पन्न भएको पहिलो संस्करणको ग्लोबल एसियन मोडल–२०१९ मा नेपालबाट सहभागिता जनाएकी सोफिया भुजेलले महिला प्रतिस्पर्धीहरूको समूहमा टप टेनसम्म यात्रा तय गर्न सफल भएकी छिन् ।
टप टेनभित्र सोफियासँगै जापान, फिलिपिन्स, क्यानाडा, थाइल्यान्ड, बेलायत, सिंगापुर, अमेरिका र भियतनामका दुई जना प्रतिस्पर्धी पुग्न सफल भएका थिए । २३ वर्षीया काठमाडौंनिवासी सोफिया ५ फिट ७ इन्च अग्ली छिन् । मिस नेपाल–२०१९ को प्रतिस्पर्धीसमेत रहिसकेकी सोफियाले मिस नेपाल प्रतियोगितामा टप सेभेनसम्मको यात्रा तय गरेकी थिइन् ।