मिसेस युनिभर्समा बिनु 

कुशल श्रेष्ठ

मंसिर १२, २०७६

 

नेपालको प्रतिनिधित्व गर्दै बिनु लामिछाने मिसेस युनिभर्स–२०१९ मा सहभागी हुने भएकी छिन् । २९ डिसेम्बरमा सम्पन्न हुने उक्त सुन्दरी प्रतियोगितामा ९० देशका विवाहित महिलाहरू सहभागी हुँदैछन् । २२ देखि २९ डिसेम्बरसम्म चीनमा हुने मिसेस युनिभर्समा उनले नेपालको प्रतिनिधित्व गर्ने भएकी हुन् । 

विवाहित नेपाली महिलाले पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सक्ने र घरेलु हिंसाविरुद्धको अभियानका लागि पनि यस सुन्दरी प्रतियोगितामा आफू सहभागी भएको उनले बताइन् । 

नेपालमा ओम अस्पतालमा नर्सिङ पढेकी उनी सन् २००९ देखि लन्डन बस्दै आएकी छिन् । प्रवासमा रहेर पनि नेपालको प्रतिनिधित्व गर्न पाएकोमा आफू निकै उत्साहित भएको र प्रतिस्पर्धामा चाहिने तयारीका लागि आफू कडा मेहनत गरिरहेको उनले बताइन् ।

साथै उनले सम्पूर्ण नेपालीहरूलाई मिसेस युनिभर्सको अफिसियल इन्स्टाग्राम पेजमा गएर भोटका लागि अपिल गरेकी छिन् । सामाजिक सञ्जालमा पाएको भोटिङका आधारमा पब्लिक च्वाइस अवार्ड जिताउन मद्दत गर्नेछ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×