‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।

रजनी श्रेष्ठ, बडी बिल्डर्स
बडी बिल्डिङ किन र केका लागि गर्नुहुन्छ ?
म आफ्नो स्वास्थ्य र सुन्दरताका लागि यो खेलमा संलग्न छु । शारीरिक रूपमा फिट हुन र आत्मसन्तुष्टिका लागि बडी बिल्डिङ गर्छु ।
यस्तो बडी बनाउन कति समय लाग्यो ?
कठिन परिश्रमका साथ पाँच वर्ष ।
दैनिक कति र के–के खानुहुन्छ ?
उमालेको र स्टिम गरेको खानेकुरा मात्र खान्छु । शारीरिक परिश्रमअनुसार सन्तुलित भोजन जरुरी हुन्छ । धेरै एक्सरसाइज गरेका दिन धेरै खाने, थोरै एक्सरसाइज गरेका दिन थोरै खाने नियममा चल्छु । सन्तुलित रूपमा दैनिक ६ पटक खाना खान्छु ।
के बडी बिल्डर्सहरू थुप्रै सन्तान चाहन्छन् ?
मेरो एउटा १९ वर्षीय छोरा छ । ऊ अहिले एमबीबीएस पढ्दैछ । मलाई पनि दुईवटासम्म बच्चा भएको मनपर्छ । छोरी भएकी भए मजस्तै बडी बिल्डर्स बनाउँथें ।
जिममा सबैभन्दा बढी मनपर्ने र चलाइरहने इक्विपमेन्ट्स ?
हरेक इक्विपमेन्ट्स हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । म बढी एप मेसिन चलाउँछु ।
तपाईंले कहिल्यै भिटामिन सप्लिमेन्ट्स लिनुभएको छ ?
सप्लिमेन्ट्समा प्रोटिन, फिस आयल, मल्टी भिटामिन, प्रि–वर्क आउट आदि मसल टेकका उत्पादन प्रयोग गर्ने गरेकी छु ।
बडी बिल्डर्सले गर्ने मेकअपले प्राकृतिक छाला र सुन्दरतामा असर गर्दैन ? त्यसको चिन्ता हुन्छ कि हुँदैन?
ट्याग कलरले छालालाई कुनै असर गर्दैन । पखालेपछि गैहाल्छ । त्यसैले सुन्दरता बिग्रने कुनै चिन्ता हुँदैन ।
बडी बिल्डर्स हुँदाको पछुतो र खुसी ?
बडी विल्डर्सका नाताले देशलाई केही दिन नसकिने पो हो कि भन्ने चिन्ता भैरहन्छ तर मैले अन्तर्राष्ट्रिय स्पर्धामा समेत पदकहरू ल्याउन सकें । त्यसमा भने गर्व महसुस हुन्छ ।
आफ्नो कुन अंगसँग खुसी हुनुहुन्छ ?
हरेक अंग अमूल्य छन् तसर्थ म आफ्ना हरेक अंगसँग खुसी छु ।
रिङमा गर्व लाग्ने क्षण ?
मेडल हातमा लिँदा म त ब्ल्याकआउट नै हुन्छु ।
एउटी श्रीमती, आमा, बुहारी तथा बडी बिल्डर्समध्ये कुन भूमिका कठिन ?
बडी बिल्डर्स नै कठिन छ किनभने यसमा हरेक कुराको रुटिन हुन्छ । कडा परिश्रम नगरी अघि बढ्न निकै गाह्रो छ ।
महिला बडी बिल्डिङको क्षेत्रमा तपाईंको आइडियल ?
नेपालकी ननिता महर्जन तथा रसियाकी जुलिया ।