Successfully Copied

कभर  गीतको तयारीमा 

रणवीरबाट उदाएकी नायिका सुपुष्पा भट्टलाई धेरैले यसरी नै हराउने नायिकाका रूपमा लिए । यद्यपि उनी छ माया छपक्कैमा अतिथि कलाकारका रूपमा देखा परिन् । त्यसपछि उनी चपली हाइट–३ मा अनुबन्धित भइन् । घरमा एक्लै बस्न रुचाउने उनको अर्काे रहर संगीत हो भने सपना गायिका बन्ने पनि

नेपाली चलचित्रमा नायिकाहरू आउने तथा हराउने क्रम उत्तिकै छ । यसै क्रममा रणवीरबाट उदाएकी नायिका सुपुष्पा भट्टलाई धेरैले यसरी नै हराउने नायिकाका रूपमा लिए । यद्यपि उनी छ माया छपक्कैमा अतिथि कलाकारका रूपमा देखा परिन् । त्यसपछि उनी चपली हाइट–३ मा अनुबन्धित भइन् ।

उनको कछुवा शैली हेर्दा झट्ट हराइहाल्ने नायिकामा नपर्ने पक्का देखिन्छ । हुन पनि सानैदेखि नायिका बन्छु भन्ने सपना पालेकी सुपुष्पा ३–४ वर्षको उमेरदेखि बलिउडका चलचित्र हेरेर नायिकाहरूजस्तै नाच्ने र अभिनय गरेर देखाउने काम गर्थिन् । घरमा पाहुना आउँदा पनि नाचेर देखाउने भट्टलाई १० कक्षा सकिनासाथ चलचित्रबाट अफर आएको थियो तर उनी परिवारको चाहनाअनुसार नै ब्याचलरपछि यो क्षेत्रमा आएकी हुन् ।

उनलाई चलचित्रबाट अफर नआएको होइन तर ब्यानर र कथामा बढी ध्यान दिने हुँदा उनको गति सुस्त देखिन्छ । सुपुष्पालाई महिलामा आधारित आर्ट मुभीमा काम गर्ने चाहना छ । 

शान्त तथा शालीन स्वभावकी सुपुष्पालाई होहल्ला मन पर्दैन । घरमा एक्लै बस्न रुचाउने उनको अर्काे रहर संगीत हो भने सपना गायिका बन्ने पनि हो । स्कुल–कलेज तथा टोलछिमेकका कार्यक्रमहरूमा स्टेज तताउने भट्ट कभर गीत गाउने तयारीमा छिन् र त्यसका लागि गितार सिक्दैछिन् । अब सुपुष्पाको स्वर तथा अभिनयबीच कसले बढी दर्शक–श्रोताको मन जित्ने हो त्यो त भविष्यले नै बताउला । 

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप : अम्बु रुचाल, मिरर ब्युटी स्टुडियो, कमलपोखरी

पहिरन : पिजेज कलेक्सन, सिभिल मल

लोकेसन : प्राजादा, बालुवाटार

 Image