Successfully Copied

फेसनमा हेयर कलर

अहिले बजारमा यश ग्रे, वाइन ब्लु, पिन्क तथा हनी ब्लोन्ड आदि हेयर कलर लोकप्रिय छन् । तैपनि हेयर कलर सबैमा राम्रो नै देखिन्छ भन्ने छैन । केश रंग्याउने हो भने कलर गर्नुअघि केही कुरामा ध्यान पुर्‍याउनुपर्छ । 

अहिले बजारमा यश ग्रे, वाइन ब्लु, पिन्क तथा हनी ब्लोन्ड आदि हेयर कलर लोकप्रिय छन् । तैपनि हेयर कलर सबैमा राम्रो नै देखिन्छ भन्ने छैन । केश रंग्याउने हो भने कलर गर्नुअघि केही कुरामा ध्यान पुर्‍याउनुपर्छ । 

    आफ्नो व्यक्तित्व तथा छालाको रंगअनुसार रंग छनोट गर्नुपर्छ ।

    हेयर कलर गर्नुभन्दा पहिले नै कुन डिजाइनमा केश काट्ने निर्णय गर्नुपर्छ । 

    एमोनियाँ रहित रंग (केशलाई क्षति हुनबाट रोक्ने रंग) प्रयोग गर्नुपर्छ । यसको प्रयोगबाट केशमा पुग्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । एमोनियाँका कारण केश फुल्छ, झर्छ तथा यसको अन्य साइड इफेक्टसमेत हुन्छ । 

    हेयर कलर गर्ने योजनामा हुनुहुन्छ भने कम्तीमा एक महिनाअघिदेखि नै केशमा मेहन्दी तथा अन्य रंग प्रयोग गर्नुहुँदैन् । मेहन्दी अथवा अरू रंग लगाइएको छ भने हेयर रंग राम्रोसँग बस्दैन ।

    कलर गर्ने अघिल्लो दिन केशमा तेल लगाएर मसाज गर्ने । यसले केशलाई बलियो एवं नरम बनाउँछ । केशमा तेल प्रयोगका कारण ब्लिचिङबाट हुने क्षति कम हुन्छ ।

    केश रंग्याइसकेपछि केशको विशेष स्याहार गर्नुपर्छ । कलर छिटो जान नदिन तथा ब्लिचिङका कारण हुने क्षति कम गर्न केशको हेरचाह आवश्यक हुन्छ ।

स्याम्पुको प्रयोग : केशमा रंग लगाएको ४८ घन्टासम्म स्याम्पु प्रयोग गर्नु हुँदैन । यतिबेला केशका रेसाहरूको क्युटिकल्स खुलेका हुन्छन् जसले केशमा लगाइएको रंगलाई सोस्ने काम गर्छन् । केशमा लगाइएको रंग मज्जाले बस्न दिन तीन दिनसम्म स्याम्पु गर्नु हुँदैन ।

सल्फेड फ्रि स्याम्पु : सल्फेडले केशको जरालाई सुख्खा बनाउँछ र केश झर्ने समस्या सिर्जना हुन सक्छ । त्यसैले सल्फेट रहित  स्याम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले केशमा लगाइएको रंग उड्न नदिई लामो समयसम्म टिकाउन सहयोग गर्छ ।

केशमा कम तेल लगाउने : केशमा तेल लगाउँदा रंगमा खासै नकारात्मक असर पर्दैन तर तेल लगाएपछि बढी स्याम्पु प्रयोग गर्नुपर्छ । त्यसले केशमा लगाइएको रंग छिट्टै उड्छ । त्यसैले दुई हप्तामा एकपटक त्यो पनि जरामा मात्र तेल लगाउनु उपयुक्त हुन्छ । 

तेल लगाइएको केश धुने विधि

सल्फेट भएको स्याम्पुले केश धुनुपर्छ । त्यसपछि सल्फेटरहित स्याम्पु लगाएर केश पखाल्नुपर्छ । यसले केशमा लगाइएको रंग जाँदैन र केश पनि झर्दैैन भने तेलको चिपचिप पनि राम्रोसँग जान्छ ।

ड्राइ स्याम्पु : यदि तेल आउने केश छ भने दुई–तीन दिनको फरकमा केश धोइएन भने च्यापच्याप हुनुका साथै फोहोरसमेत देखिन्छ । त्यसका लागि सम्भव भएसम्म ड्राइ स्याम्पु प्रयोग गर्नुपर्छ अथवा बेबी पाउडर केशको जरामा लगाउँदा पनि केशको तेल नियन्त्रणमा आउँछ । यो उपायका कारण हरेक दिन केश धुनु पर्दैन ।

हिटको कम प्रयोग : केशको रंग छिटो जान नदिन आइरन, ड्रायर एवं रड आइरनजस्ता वस्तु कम प्रयोग गर्नुपर्छ । यदि गर्नु नै छ भने हिट प्रोटेक्टर प्रयोग गर्नुपर्छ । हिट प्रयोग गरेपछि केशमा हेयर सेरम प्रयोग गर्नुपर्छ ।

रंग लगाइएको केशका लागि 

हेयर प्याक : रंग लगाइएको केशमा सकेसम्म प्रत्येक हप्ता हेयर प्याक लगाउनुपर्छ । हेयर प्याकका लागि एभोकाडो, मह तथा कोकोनट तेलको मिश्रण प्रयोग गर्न सकिन्छ । यसलाई केशमा दुई घन्टा राखेर पखाल्नुपर्छ । यो प्याकले केशलाई पोषण प्रदान गर्नुका साथै केशमा लागेको रंगलाई पनि लामो समय टिकाउँछ ।

 

 Image