सोह्र शृंगारमा मेहन्दी
साउनलाई प्रकृतिको सौन्दर्य महिना भनेर चिनिन्छ । यो महिनामा चारैतिर हरियाली छाएको हुन्छ । विभिन्न शास्त्रमा पनि साउनलाई पवित्र महिनाका रूपमा चित्रण गरेको पाइन्छ । साउनमा व्रत, पूजापाठ बढी हुनुका साथै मेहन्दी लगाउने चलन पनि छ ।
भारतको दिल्लीस्थित ‘मेक मी अफ स्कुल’ ले ५० भन्दा बढी नेपाली मेकअफ आर्टिस्ट तथा ब्युटिसियनलाई सौन्दर्यसम्बन्धी प्रशिक्षण दिएको छ । संस्थाका निर्देशक कनिका बब्लानीले महिलालाई सौन्दर्यसम्बन्धी विशेष ज्ञान, कला र सीप दिने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताइन् । दुई सत्रमा आयोजित एक दिने प्रशिक्षणमा भारतकी मेकअप प्रशिक्षक अनुराग आर्याले ‘प्रि–वेडिङ मेकअप’ र मानषी लखवानीले दुलही सिँगार्दाको सीपसम्बन्धी जानकारी दिएका थिए । कार्यक्रमकी संयोजक रजनी श्रेष्ठले दुवै सत्रमा नेपाली मोडलहरू राखेर व्यावहारिक सीप प्रदान गरिएको बताइन् ।


