‘उज्ज्वल छालाका लागि तपाईंको गन्तव्य’ भन्ने नाराका साथ सफायर एस्थेटिक संचालनमा आएको छ । ललितपुरको युएन पार्कस्थित रहेको एस्थेटिकको उद्घाटन कोरियोग्राफर प्रशान्त ताम्राकार, कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीले गरेका थिए । यहाँ छाला, लेजर उपचार, बडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी, कस्टेमिक डर्माटोलोजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयरलगायतका सेवा प्राप्त गर्न सकिने छ ।
डर्माटोलोजिस्ट एन्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एन्ड फेसियल प्लास्टिक सर्जन, अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जनलगायतका विशेषज्ञ टिमबाट सेवा प्राप्त गर्न सकिने जनाइएको छ । सफायर एस्थेटिकमा फेसियल कन्टोरिङ गर्ने हाइफु प्रविधिको सुविधा छ, जसबाट ठूलो अनुहार र डबल चिउँडो, गालामा बोसो भएकाहरूको सेप निकाल्न महत्वपूर्ण हुनेछ । यसबाहेक कार्वनडाइअक्साइड लेजर जसमा कार्बन फिलिङ, स्कार रिमुभर, ट्याटु हटाउने, किलोइटको उपचार, स्किनलाई अझ रिमोडल रिसर्फेस गर्न हाइड्राफेसियललगायत नयाँ टेक्निकका धेरै प्रविधि उपलब्ध छन् । यसले सुन्दर बनाउनुका साथै आत्मविश्वास बढाउन मद्दत गर्ने छाला तथा सौन्दर्य विशेषज्ञ सेली राजभण्डारीको भनाइ छ ।
१० वर्षदेखि ललितपुरको पुल्चोकस्थित नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टर सञ्चालन गर्दै आएकामा यसलाई अझ विस्तार गरी नयाँ ठाउँमा सारिएको अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले बताइन् ।