अनमोलले पहिरिन् मिस पिंक नेपाल २०२४ को ताज
पारलैङ्गिक महिलाहरुको सबलीकरण र सशक्तीकरणमा केन्द्रित मिस पिंक नेपाल २०२४ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा अनमोल राईले मिस पिंक नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् ।
मिस नेपाल अर्थ–२०१८ प्रिया सिग्देल साझा पार्टीमा प्रवेश गरेसँगै पार्टीको केन्द्रीय सदस्य मनोनीत भएकी छिन् । समाज रूपान्तरणमा भूमिका खेल्न आफू राजनीतिमा आएको प्रियाको तर्क छ । उनले नेपालको भविष्य निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण रहने कुरा बताएकी छिन् । यसअघि उनी समाजसेवा तथा महिला सशक्तीकरणमा सक्रिय थिइन् ।
प्रियाका अनुसार नयाँ पुस्ताले पनि राजनीति गर्नुपर्छ अन्यथा देशको अवस्थाप्रति गुनासो गरेर मात्र केही हुँदैन । नयाँ मुद्दा र समाज परिवर्तनका लागि आफू राजनीतिमा लागेको बताउने प्रिया युवापुस्ताले रुचि नदिएसम्म राजनीतिमा नयाँपन आउन सक्दैन भन्ने दाबी गर्छिन् ।