Successfully Copied

उज्यालोबिना  रंग पनि देखिँदैन

सबैभन्दा पहिले अरूलाई होइन आफूलाई सुधार्नुपर्छ भन्ने नियम बनाउँथें जसले हरेक व्यक्तिले आफैंबाट सुधारको सुरुवात गरोस् । मलाई त अँध्यारो हटाउनु छ तसर्थ बत्ती नै चाहिन्छ त्यसो त उज्यालोबिना रंग पनि देखिँदैन ।

सबैभन्दा पहिले अरूलाई होइन आफूलाई सुधार्नुपर्छ भन्ने नियम बनाउँथें जसले हरेक व्यक्तिले आफैंबाट सुधारको सुरुवात गरोस् ।

दीपावलीमा तपाईंको घरमा रंग वा बत्तीमध्ये एउटा मात्र राख्न पाउने नियम लगाइयो भने कुन छान्नुहुन्छ ?

मलाई त अँध्यारो हटाउनु छ तसर्थ बत्ती नै चाहिन्छ त्यसो त उज्यालोबिना रंग पनि देखिँदैन ।

सबैभन्दा मनपर्ने रंग ?

सेतो रंग मलाई एकदमै मनपर्छ । सेतोमा जुन रंग पनि खुल्छ । 

जीवनमा प्राप्त सबैभन्दा ठूलो उपलब्धि ?

प्रयासमै छु, ठूलो उपलब्धि हासिल गरेजस्तो लाग्दैन । 

तपाईंले गलत मानिसलाई म्यासेज पठाउनुभएको छ ?

त्यस्तो छैन, म्यासेजमा म त्यति अभ्यस्त छैन । 

एउटा यस्तो कुरा जुन तपाईं सेयर गर्न हिच्किचाउनुहुन्छ ?

सबै कुरा सबैलाई भनिरहनुपर्छ भन्ने लाग्दैन मलाई । 

यदि तपाईंले चलचित्र, पुस्तक वा टेलिभिजनको कुनै पात्रलाई मार्ने छुट पाउनुभयो भने कसलाई मार्नुहुन्थ्यो ?

नकारात्मक भाइब्रेसन थ्रो गर्ने कुनै पनि पात्रलाई । 

यदि तपाईंले एकदिनका लागि कुनै नियम बनाउने जिम्मेवारी पाउनुभयो जुन हरेक नागरिकले मान्नुपर्ने हुन्छ, त्यो नियम के हुन्थ्यो ?

सबैभन्दा पहिले अरूलाई होइन आफूलाई सुधार्नुपर्छ भन्ने नियम बनाउँथें जसले हरेक व्यक्तिले आफैंबाट सुधारको सुरुवात गरोस् । 

दाँत माझ्नु र केश कोर्नुमध्ये कुनै एकलाई जीवनभरका लागि त्याग्नुपर्ने भयो भने ?

छाड्नुपर्ने भन्ने शब्दलाई नै छोडिदिन्थें । 

कुनै कुरा अनलिमिटेडली थुपारेर राख्न पाउने हो भने तपाईंको छनोट के हुनेछ ?

ज्ञान । यदि थुपार्नै पाइने भए ज्ञान नै थुपारेर राख्थें, न यसलाई कसैले चोर्न सक्छ न घटेर नै जान्छ । ज्ञान जति बाँड्यो उति बढ्छ । 

यदि यो संसारमा कुनै प्राणी जन्मियो भने विश्वमा शान्ति छाउनेछ, त्यो कुन प्राणी हुनेछ ?

मानव ह्दय नै हो तर त्यस्तो मानव जन्मिनुपर्‍यो जसमा संसार बदल्न सक्ने सोच र ह्दय होस् । दूरगामी र अरूका हितका लागि चल्न सक्ने दिमाग हुनुपर्‍यो । सृष्टिको सुन्दर रचना नै मानव हो । 

तपाईंको मन र मस्तिष्कका भएका सम्पूर्ण कुरा कसैलाई भन्नुहुन्छ कि लुकाएर राख्नुहुन्छ ?

नचाहनेलाई म दिन चाहन्न यदि कसैले केही सोध्यो भने नलुकाई भनिदिन्छु । 

महिला विकास, प्रगति र सशक्तीकरणका लागि आवश्यक तीन तत्व ?

सबैभन्दा पहिले स्पष्ट भिजन राख्नुपर्‍यो, पछाडि हट्ने बहाना छोड्नुपर्‍यो र आफ्नो कार्यशैली एवं क्षमताप्रति आफैंले सम्मान र विश्वास गर्नुपर्‍यो । 

                                                                                    - मिथिला शर्मा, कलाकार

 

 Image