Successfully Copied

स्वर र लुक्सको संगम : त्रिशाला

बेस्ट कम्पोजिसन अफ दि इयरका रूपमा यो मन गीतमार्फत इमेज अवार्ड जित्नसफल भइन्–गायिका त्रिशाला गुरुङ । हुन त उनी यही गीतबाट गायिकाका रूपमा पनि मनोनीत थिइन् । कहिल्यै गायिका बन्छु भनेर कल्पना नगरेकी गुरुङ अहिले युवापुस्ताकी स्टार गायिका बन्ने बाटोमा छिन् ।

बेस्ट कम्पोजिसन अफ दि इयरका रूपमा यो मन गीतमार्फत इमेज अवार्ड जित्नसफल भइन्–गायिका त्रिशाला गुरुङ । हुन त उनी यही गीतबाट गायिकाका रूपमा पनि मनोनीत थिइन् । कहिल्यै गायिका बन्छु भनेर कल्पना नगरेकी गुरुङ अहिले युवापुस्ताकी स्टार गायिका बन्ने बाटोमा छिन् । कभर सङबाट गायनयात्रा प्रारम्भ गरेकी त्रिशालाको माग देश–विदेशका सांगीतिक कार्यक्रमहरूमा समेत हुन थालेको छ । 

त्रिशालाको स्वभाव सामान्य छ । लता मंगेशकरका पुराना हिन्दी गीत मन पराउने गुरूङ अंग्रेजी गीत पनि उत्तिकै सुन्छिन् । हरेक प्रकारका गीत सुन्ने त्रिशालालाई सबैभन्दा मन पर्ने गीत भने सेन्टिमेन्टल हुन् । सुमधुर स्वर, क्युट लुक्स अनि मेडिकल स्टुडेन्ट त्रिशाला अहिलेको युवापुस्तामाझ लोकप्रिय छिन् । 

सामाजिक सञ्जालमा उनका प्रशंसक दिन–प्रतिदिन बढिरहेका छन् । फेसबुकमा उनलाई झन्डै १ लाख ४० हजारले पछ्याएका छन् भने इन्स्टाग्राममा २ लाख ७ हजारभन्दा बढी फलोअर्स छन् ।सन् २०१६ मा खोलिएको उनको युट्युबलाई १ लाखभन्दा बढीले सब्सक्राइब गरेका छन् । उनको युट्युब च्यानल मोन्टाइज पनि भैसकेको छ । गुरूङले गाएका अन्य नेपाली, हिन्दी तथा अंग्रेजी भाषाका कभर गीतले पनि युट्युबमा टन्नै भ्युज पाएका छन् । 

त्रिशालालाई चलचित्रमा गीत गाउने अफर पनि उत्तिकै आइरहेको छ । उनले चलचित्र सयकडा १० को पिरतीको गाउँ तथा दाइलाई कुरा लाइदिनेमार्फत पाश्र्वगायनमा डेब्यु गरेकी हुन् । कभर सङ गाएर मात्र हुँदैन आफ्नो मौलिकता पनि चाहिन्छ भन्ने सोचले उनले आफ्नै गीत सिर्जना गर्न थालेकी हुन् । अहिले उनी एल्बमको तयारी गरिरहेकी छिन् । त्रिशाला गीत पनि आफैं लेख्छिन् । एल्बमका लागि सबै गीत उनी आफैंले लेखिकी हुन् । 

अर्को वर्ष उनी भगवान् श्रीकृष्णको भजन एल्बम तयार गर्ने योजनामा छिन् ।सतपालजी महाराजकी फलोअर्स त्रिशालामा ध्यान र मेडिटेसनप्रति पनि उत्तिकै रुचि छ । भविष्यमा डाक्टर भएर बिरामीको सेवाका साथमा गायनलाई समेत पनि निरन्तरता दिने उनको सोच छ । 

तस्बिर :     महेश प्रधान

पहिरन :     तेन्जिङ छेतेन भुटिया

मेकअप:    रचना शाक्य, 

    केटिएम मेकअप स्टुडियो स्वयम्भू 

लोकेसन : देवालय, सानेपा

 

 Image