Successfully Copied

स्याउको बियाँ खाँदाका फाईदा 

एक अनुसन्धानले स्याउको दानाले स्वास्थ्यमा फाईदा गर्ने देखाएको छ । स्याउमा जत्तिकै आवश्यक तत्व  स्याउको बोक्रा र दानामा हुने बताईन्छ । स्याउको दानामा भिटामिन सी, भिटामिन इ र फाइबर प्रचुर मात्रामा हुने बताइन्छ । 

हामी धेरैलाई थाहा छ स्याउ हाम्रो स्वास्थ्यका लागि हितकर फल हो । हामी सिजनमा स्याउको प्रयोग दैनिक जस्तोनै गर्छौ । तर, स्याउ भित्रका दाना भने फाल्ने गरेका छौं । 

एक अनुसन्धानले स्याउको दानाले स्वास्थ्यमा फाईदा गर्ने देखाएको छ । स्याउमा जत्तिकै आवश्यक तत्व  स्याउको बोक्रा र दानामा हुने बताईन्छ । स्याउको दानामा भिटामिन सी, भिटामिन इ र फाइबर प्रचुर मात्रामा हुने बताइन्छ । 

‘जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्री’मा प्रकाशित एक अध्ययनका अनुसार स्याउभित्र हुने बिया निक्कै लाभादायक हुने बताइएको छ । स्याउको बोक्रा र वियाँमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले क्यान्सरबाट जोगाउँछ । न्युट्रियसन एन्ड क्यान्सर नामक एक जर्नलमा प्रकाशित अध्ययन अनुसार एन्टिअक्सिडेन्टले ट्युमर कोषको बृद्धिलाई रोकी स्तन तथा प्रोस्टेट क्यान्सरबाट बचाउछ ।

फ्ल्याभोननोइन नाम गरेको एन्टिअक्सिडेन्टले मुटु पोल्नबाट बचाउँछ, जुन स्याउमा पाईने गर्छ । स्याउमा क्युरसिटेन नाम गरेको एउटा तत्व पनि हुन्छ जसले मुटु सुन्निने समस्याबाट पनि जोगाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्दयघातलगायत अन्य मुटुजन्य समस्याबाट जोगाउछ । स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ ।

 Image