महेश्वरीनाथ उत्कृष्ट 

नारी संवाददाता

आश्विन १४, २०७६

 

काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’का ६४ जना प्रशिक्षार्थी डिजाईनरहरु आफैंले तयार गरेको फेशनमा सजिएर मोडलको रुपमा शनिबार बेलुका फेसन डिजाईन प्रतियोगितामा उत्रिए । 

इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले आयोजना गरेको दोश्रो संस्करणको ‘इन्टरनेशल ड्रेस टु इम्प्रेसन–२’ फेसन डिजाईन प्रतियोगितामा उनीहरु ऱ्याम्पमा उत्रिएका हुन् । 

सो प्रतियोगितामा आफ्नो डिजाईनबाट महेश्वरीनाथ योगी प्रथम भईन । १२ फिट भन्दा लामो फ्लावर प्रिन्ट ह्वाईट गाउनको डिजाईनबाट उनी उत्कृष्ट भएकी हुन् । उनले ट्रफीसागै १५ हजार रुपैयाा र विभिन्न उपहार प्राप्त गरिन् । 

यस्तै श्रेया पुन मगर फस्ट रनरअप डिजाईनर भईन् । उनले १० हजार रुपैयाा र ट्रफी प्राप्त गरिन । डार्क एन्ड लाईट थिमको कालो डिजाईनको गाउनबाट उनी फस्ट रनरअप भएकी हुन् । 

सो प्रतियोगिताको निर्णायकमा अभिनेता प्रशान्त ताम्राकार, गायिक मिलन नेवार, गायिका/नायिका बिष्णु चेम्जोङ, बुटिक एशोसियसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, फेशन डिजाईनरहरु निभा श्रेष्ठ, महेश महर्जन र इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका एकेडेमी निर्देशक राजु सुवाल थिए । 

यस्तै इन्द्रेणीको अबधारणमा तयार गरिएको सप्तरागी गाउनबाट उर्मिला तामाङ सेकेन्ड रनरअप भईन । उनले ८ हजार रुपैयाा र ट्रफी प्राप्त गरिन् । डिजाईन प्रस्तुतिका क्रममा आफुले तयार गरेको डिजाईनमा सजिएर डिजाईनहरु मञ्चमा उत्रिादा कार्यक्रमको रौनकता बढेको थियो । जम्मा ६ महिनाको प्रशिक्षणमा उनीहरुले निकै आकर्षक डिजाईन तयार पारेर ऱ्याम्पमा प्रस्तुत गरेका थिए । डिजाईनरसँगै उनीहरु मोडल भन्दा काम देखिएनन् ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाका अनुसार इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजीका विधार्थीहरुको डिजाईन प्रोत्साहनका लागि ‘ड्रेस टु इम्प्रेसन’ गत वर्षबाट आयोजना गरिदै आएको हो । यो फेशन शोको कोरियोग्राफी बिपना थापाले गरेकी हुन् । कार्यक्रममा फेशन शोसँगै विभिन्न गीतसंगीत एवम् नृत्य प्रस्तुत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्