Successfully Copied

राम्रो र नयाँ पहिरन  लगाउने लहर

कतिपयले यस्ता चाडपर्वमा ट्रेडिसनल लुक्स दिने पहिरन नै लगाउन खोज्छन् । साडीका पनि अनेक डिजाइन छन् । साडी लगाउने शैलीमा पनि विविधता छ । साडीसँग हल्का गहनाको कम्बिनेसन राम्रो देखिन्छ । फर्मल वेयरमा साडी धेरैले रुचाउने पहिरन हो । त्यसपछिको सदाबहार पहिरनमा पर्छ, कुर्ता–सुरुवाल । न यसलाई मौसमले असर

राम्रो लगाऊ र मीठो खाऊ भन्ने त चलनै छ । अरु बेला क्याजुअल वेयरमा हिँड्ने जो कोही यतिबेला फेस्टिभ लुक्समा सजिन चाहन्छन् । वृद्धवृद्धाहरूदेखि बालबालिकाहरूसमेत आकर्षक रूपमा आफन्तको घर वा मन्दिर जान्छन् । दसैंमा हरेक मानिसले नयाँ लुगा लगाउन खोज्छन् । त्यसमा पनि अरु भन्दा फरक र राम्रो देखिन डिजाइन तथा पैसामा सम्झौता गर्न चाहँदैनन् ।

अहिले हरेक व्यक्ति आफ्नो काम, जिउडाल र समयअनुसारका पहिरन लगाउन चाहन्छन् । पहिले जस्तो मेरो जिउ राम्रो छैन, यस्तो सुहाउँदैन भनेर बस्नुभन्दा डिजाइनरकहाँ गएर आफ्नो शरीरअनुसारको डिजाइन लगाउनेहरू धेरै छन् । अहिले मानिसहरू आफ्नो लुक्सलाई इलिगेन्ट नै देखाउन चाहन्छन् । दसैंले फेसन बजारलाई चलायमान बनाउँछ । दसैं लाग्नासाथ लुगाफाटोको जोहो गर्नेहरूका कारण बजार झकिझकाउ हुन्छ । दसैं फेसनेबल पर्व पनि हो । यतिबेला बालबालिकादेखि वृद्धवृद्धासम्मले थरिथरिका फेसन गर्छन् । कोही लेहेंगामा, कोही साडीमा, कोही स्कर्टमा, कोही वान पिसमा त कोही कुर्तीमा सजिन्छन् । जे–जस्तो पहिरन लगाए पनि आफूलाई सुहाउने र समयअनुसार हिँड्न कोही पछि पर्दैनन् ।

कतिपयले यस्ता चाडपर्वमा ट्रेडिसनल लुक्स दिने पहिरन नै लगाउन खोज्छन् । साडीका पनि अनेक डिजाइन छन् । साडी लगाउने शैलीमा पनि विविधता छ । साडीसँग हल्का गहनाको कम्बिनेसन राम्रो देखिन्छ । फर्मल वेयरमा साडी धेरैले रुचाउने पहिरन हो । त्यसपछिको सदाबहार पहिरनमा पर्छ, कुर्ता–सुरुवाल । न यसलाई मौसमले असर गर्छ, न त अवसरले नै । जस्तोसुकै बेला पनि कुर्ता–सुरुवाल सही हुन्छ । कुर्ता–सुरुवाल पनि लङ, स्ट्रेट, अनारकल्ली, साडी स्टाइल, सराराका साथै जिन्स, स्कर्ट तथा पाइन्टमा कुर्ती लगाउने फेसन छ । त्यसपछि अहिले महिलाहरूमाझ म्याक्सी पनि लोकप्रिय छ । यसमा कलर र फेब्रिकको कम्बिनेसन मिलाउनुपर्छ ।

मन्दिर जाने बेलामा

सविना अवाले, लाइक्रा बुटिक, कुपन्डोल

महिलाहरूका लागि : महिलाहरू साडी वा कुर्तामै मन्दिर जान रुचाउँछन् । मन्दिर जाँदा पहिरनको फेब्रिकमा बढी ध्यान दिनुपर्छ । यतिबेला फेस्टिभ लुक्सका साथै सजिलो र आगोले नटिप्ने फेब्रिक लगाउनुपर्छ । साडी लगाउने हो भने कटन, कान्जिबरम, सफ्ट सिल्क, सिफन, तथा जर्जेटका हल्का साडीहरू उपयुक्त हुन्छन् । गुलाबी, पहेंलो, सुन्तला, हरियो, मिक्स जस्तो पनि कलर लगाउन सकिन्छ । सकेसम्म सेता, काला तथा क्रिम कलरका साडी लगाउन् हुँदैन । अहिले कटनका साडीलाई पनि डिजाइनर लुक्स दिई नयाँपन प्रदान गर्न सकिन्छ । 

ब्लाउजमा भने भेल्भेट, सिल्क, कटन, ब्रोक्रेट आदि प्रयोग गरी क्वाटर वा फुल बाहुलाको डिजाइन गर्न सकिन्छ । कुर्ता लगाउने हो भने फ्लोरल प्रिन्टका स्टाइलिस्ट कुर्ता लगाउन सकिन्छ । पञ्जाबी सुरुवाल, लेगिन्स, चुडिदार, प्लाजो, स्ट्रेट पाइन्टदेखि जिन्ससम्ममा कुर्ता लगाई मन्दिर जान सकिन्छ । अहिले बजारमा कटन तथा सिल्कका विभिन्न कलर एवं प्रिन्टका कपडा भित्रिएका छन् । कलरफुल फेब्रिकमा लङ कुर्ती, सेन्टर स्लिड कुर्ती, चौबन्दी स्टाइल कुर्तीहरू परफेक्ट हुन्छन् । मन्दिर जाँदा सलविना नै स्टाइलिस्ट तथा ट्रेडिसनल कुर्ता तयार गर्न सकिन्छ । लाइनमा बस्नुपर्ने तथा आगोले टिप्न सक्ने हुँदा कुर्तामै एटेच सल डिजाइन गरेर पनि कुर्ताहरू बनाउन सकिन्छ । यो लगाउन सजिलो हुनुका साथै युनिक लुक्स दिने खालको हुन्छ । 

 Image