Successfully Copied

चितवनमा मिस ग्ल्यामर नेपाल–२०१९ 

थ्री ब्रदर्श फोटोग्राफीको आयोजनामा गत शनिबार चितवनमा सञ्चालित मिस ग्ल्यामर नेपाल–२०१९ को उपाधि पूजा आले मगरले जितेकी छिन् भने शान्ति श्रेष्ठ मिस ग्ल्यामर इन्टरनेसनल नेपाल–२०१९ हुन सफल भइन् ।

थ्री ब्रदर्श फोटोग्राफीको आयोजनामा गत शनिबार चितवनमा सञ्चालित मिस ग्ल्यामर नेपाल–२०१९ को उपाधि पूजा आले मगरले जितेकी छिन् भने शान्ति श्रेष्ठ मिस ग्ल्यामर इन्टरनेसनल नेपाल–२०१९ हुन सफल भइन् । यो प्रतियोगितामा फस्ट रनर्सअप उर्मिला शर्मा तथा सेकेन्ड रनरअप अमिषा खरेल घोषित भए । ८ विधामा सबटाइटल वितरण गरिएको यो प्रतियोगितामा २० जना सहभागी थिए । 

फोटोग्राफीलाई मुख्य पेशा बनाएकाहरूले आयोजना गरेको प्रतियोगिताका विजेतालाई भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक फोटोग्राफीमा प्रयोग गरिने इभेन्ट डाइरेक्टर सुमन श्रेष्ठले बताएका छन् । साउन ३२ र भदौ ७ गते गरी दुई चरणमा भएको अडिसनबाट छानिएका २० जनामध्ये फाइनलमा १० जनाले प्रतिस्पर्धा गरेका थिए । ती प्रतिस्पर्धीहरू चितवनका साथै मकवानपुर, नवलपुर तथा धादिङका भएका इभेन्टका संयोजक अनिल सुनारले बताए । 

 

 Image