छोरीहरूलाई उद्यममा लगानी खोज्न गाह्रो छ : अध्यक्ष खत्री
'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।'

आजबाट २२ सेप्टेम्बरसम्म इन्डोनेसिया र सिंगापुरमा संचालन हुने मिस टुरिजम वल्र्ड वाइड २०१९ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सिजल कुँवरले सहभागीता जनाउने भएकी छिन् । उक्त प्रतियोगीतामा कुँवरले नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
मिस टुरिजम वल्र्ड वाइड नेपाल २०१९ को उपाधि विजेता भएर सिजल कुँवरले उक्तसौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएकी हुन् । प्रतियोगितामा रिजा व्यञ्जनकारले फस्ट रनर अप तथा पूजा थापाले सेकेन्ड रनर अपको उपाधि उचाल्न सफल भएका थिए ।
गत साता मध्यपुर ठिमीस्थित व्हाइट प्यालेसमा सम्पन्न भएको प्रतियोगिको कोरियोग्राफी नीति शाह गरेकी हुन् । प्रतियोगिता परेली मिडिया प्रा.लि.को आयोजना तथा इभेन्ट संसारको प्रस्तुतिमा संचालन भएको थियो ।