Successfully Copied

रंग र आन्तरिक सज्जा 

रंगछनोट गर्दा हल्का रंग नै छान्नुपर्छ । गाढा रंगको पेन्ट छनोट गर्नु हुँदैन । कोठैपिच्छे भिन्दाभिन्दै र उपयुक्त रंग छनोट गर्नुपर्छ । सबै भित्तामा एउटै रंग लगाउँदा कोठा भद्दा देखिन्छ । एकातिरको भित्तामा एउटा रंग लगाए अर्को भित्तामा अर्कै रंग लगाउनुपर्छ । घरका सबै कोठामा एउटै किसिमको रंगरोगन

रंगछनोट गर्दा हल्का रंग नै छान्नुपर्छ । गाढा रंगको पेन्ट छनोट गर्नु हुँदैन । कोठैपिच्छे भिन्दाभिन्दै र उपयुक्त रंग छनोट गर्नुपर्छ । सबै भित्तामा एउटै रंग लगाउँदा कोठा भद्दा देखिन्छ । एकातिरको भित्तामा एउटा रंग लगाए अर्को भित्तामा अर्कै रंग लगाउनुपर्छ । घरका सबै कोठामा एउटै किसिमको रंगरोगन गर्दा त्यति सुहाउँदैन । भान्सामा गरिने रंगरोगन र बैठक कोठामा गरिने रंग भिन्न हुनुपर्छ भने शयन कक्ष र बालबालिकाको कोठामा पनि भिन्नता हुनुपर्छ । खासगरी कोठाको प्रकृतिले नै कुन किसिमको रंग लगाउने भन्ने कुरा निर्धारण गर्छ । घरको कमन एरियामा एउटै किसिमको रंग प्रयोग गर्नुपर्छ । 

भान्साको रंग

भान्साको रंग उज्यालो हुनुपर्छ । भान्सामा धेरैजसो समय गृहिणी एवं भान्सेहरूले बिताउँछन् । एक्लै खाना पकाउने भएकाले त्यहाँ उत्साहित बनाउने किसिमको रंग लगाउनुपर्छ । खानामा पनि रंग र प्रकाशको प्रभाव पर्छ । खाना राम्रो देखिनुमा भान्साको रंगले पनि भूमिका खेल्ने भएकाले उज्यालो रंग नै उपयोगी हुन्छ । भान्सामा पहेलों, सुन्तले, हल्का हरियोजस्ता हल्का रंग लगाउन सकिन्छ ।

बैठक कोठा

बैठक कोठा भनेको पारिवारिक जमघट गर्ने थलो हो । यो पाहुनाहरूलाई स्वागत गर्ने र भलाकुसारी गर्ने ठाउँ पनि हो । धेरैजसो घरमा बैठक कोठा फराकिलो एवं ठूलो हुन्छ । बैठक कोठामा सबै किसिमका मानिस बस्ने भएकाले त्यहाँको भित्ता, सिलिङमा लगाइने रंगले बैठक कोठालाई सौम्य एवं भलाद्मी देखाउनुपर्छ । बैठकका लागि तडक–भडक नदेखिने किसिमको रंग छनोट गर्नुपर्छ । घरका बालबालिकादेखि हजुरआमा–हजुरबुवा सबैजना बैठक कोठामा भेला हुन्छन् । त्यसैले बैठक कोठाको रंग छनोट गर्दा उनीहरू सबैको रुचिमा समेत ध्यान पुर्‍याउनुपर्छ ।

 

शयन कक्ष

शयन कक्ष भनेको नितान्त व्यक्तिगत कक्ष हो । शयन कक्षमा अरूको प्रवेश नहुने भएकाले शयन कक्षलाई आफ्नो रुचिअनुरूपको रंगले सजाउन सकिन्छ । 

बालबालिकाको कोठा

अहिले बालबालिकाका लागि छुट्टै कोठा तयार गरिन्छ । बालमैत्री घरको अवधारणासँगै एउटा कोठा बालबालिकाका लागि विशेष किसिमले सजाइन्छ । बालबालिकाका लागि छुट्याइएको कोठालाई भने रंगीचंगी बनाउनुपर्छ । यस्तो कोठामा उनीहरू रमाउँछन् । बालबालिकाको कोठामा रंग लगाउँदा उनीहरूको रुचिमा पनि ध्यान दिनुपर्छ ।

घरको बाहिरी भाग

बाहिरी रंग भने घरको डिजाइनअनुसार छनोट गर्नुपर्छ । घरको पृष्ठभूमिले पनि यसमा खास प्रभाव पार्छ । समग्र घरको सौन्दर्यलाई ध्यानमा राखेर उपयुक्त रंगरोगन गर्नुपर्छ । फरक–फरक किसिमको रंग लगाउनुभन्दा जुन रंग लगाउने हो त्यसको हल्का सेड छान्नु उपयुक्त हुन्छ । भड्किलो तथा आँखा खाने रंगको छनोटबाट जोगिनुपर्छ ।

 

नेपालको नम्बर वान जस्मिन पेन्ट्स 

लक्ष्मण अर्याल, प्रबन्ध निर्देशक 

जस्मिन पेन्ट्स

जस्मिन रंगको विशेषता के हो ?

नेपालमै पहिलो पटक हामीले मल्टी कलर पेन्ट बनाएका छौं । यो पेन्ट भित्तामा लगाउँदा एकै पटकमा ४–५ वटा रंग निस्कन्छ । यो रंग लगाउन विशेष प्रकारको रोलर ब्रस हनी कम्ब प्रयोग गर्नुपर्छ । यसबाट टेक्चर टोन निस्कन्छ । हाम्रो रंगको विशेषता भनेको डर्ट पिकअप रेसिस्टेन्ट (घर एवं भित्ताको धूलो आफै झर्ने) हो । यसमा हामीले १० वर्षको वारेन्टी दिएका छौं ।

रंगको टिकाउ र गुणस्तरप्रति उपभोक्ता कसरी विश्वस्त हुने ?

तथ्यांकअनुसार हामी नेपाली कम्पनीमध्ये नम्बर वान कम्पनी हौं । जस्मिन पेन्ट्स ‘नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड–२०१८’ बाट सम्मानित भैसकेको छ । त्यसका साथै ‘इन्टरनेसनल क्वालिटी विड अवार्ड–२०१८’ बाट पनि सम्मानित भैसकेको छ । यो आईएसओद्वारा प्रमाणित र एनएस सर्टिफाइड कम्पनी हो । जस्मिन पेन्ट्स एनएस मार्क पाउने नेपालकै प्रतिष्ठित कम्पनीमध्ये एक हो । यसपटक हामी जस्मिन पेन्ट्सको २५ आंै वार्षिकोत्सव मनाउने तयारी गरिरहेका छौं ।

रंग छनोट गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

घरको बाहिरी भागका लागि धेरै डार्क कलर छनोट गर्नुहुँदैन । यद्यपि कुन रंग छनोट गर्ने भन्ने कुरा उपभोक्ताको रुचिमा भर पर्छ । यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो ।

 

 Image