Successfully Copied

मिस कल्चरल क्विन

मिस पोखरा विश्वविद्यालय कल्चरल क्विन–२०१९ को उपाधि रमिला मगरले जितेकी छिन् । प्रतियोगितामा लक्ष्मी भण्डारी फस्ट रनर्सअप तथा एलिसा श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए भने मिस पपुलारिटीको उपाधि रोजिना कार्कीले जितिन् ।

मिस पोखरा विश्वविद्यालय कल्चरल क्विन–२०१९ को उपाधि रमिला मगरले जितेकी छिन् । प्रतियोगितामा लक्ष्मी भण्डारी फस्ट रनर्सअप तथा एलिसा श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए भने मिस पपुलारिटीको उपाधि रोजिना कार्कीले जितिन् । प्रगतिशील रोचक समूह जेनिथ गाइजले आयोजना गरेको यो प्रतियोगिताको अडिसनमा २७ जना सहभागी थिए । 

मिस टिन नेपालको उपाधि

काठमाडौं जेसिसद्वारा आयोजित मिस टिन नेपालको फाइनलमा सिन्डी बज्राचार्य विजेता घोषित भएकी छिन् । सिन्डीले प्रतियोगितामा मिस इन्टेलिजेन्टको एवार्ड पनि हात पारेकी थिइन् । प्रतियोगितामा सबिना कार्की फस्ट रनर्सअप भइन् भने पर्सनालिटी विधाको एवार्डसहित प्रज्ञा भण्डारीले सेकेन्ड रनर्सअपको उपाधि जितिन् ।

यो प्रतिस्पर्धामा सुशीला तामाङ ट्यालेन्ट, अनु बस्नेत पपुलर तथा अडियन्स च्वाइस, प्रतिमा श्रेष्ठ डिसिप्लिन, अभिलाषा खड्का फोटोजेनिक तथा महिमा चन्द ब्युटिफुल स्किन एवार्ड विजेता भएका थिए । 

 Image