ब्युटी क्विन तथा मिसेज नेपाल आइडल

नारी संवाददाता

भाद्र १२, २०७६

अमेजन इन्टरटेनमेन्टले आयोजना गरेको मिस ब्युटी क्विन नेपाल तथा मिसेज नेपाल आइडल–२०१९ को उपाधि क्रमशः प्रकृति लिम्बू तथा सोभिता राईले जितेका छन् । मिस ब्युटी क्विनतर्फ दीक्षा रिसाल फर्स्ट रनर्सअप तथा प्रनिशा नेपाल सेकेन्ड रनर्सअप भए भने मिसेज नेपाल आइडलतर्फ मीरा नेपाली फर्स्ट रनर्सअप तथा रीता महजन सेकेन्ड रनर्सअप घोषित गरिए ।

मिस ब्युटीतर्फ प्रमिशा नेपाल (बेस्ट पर्सनालिटी), अनिला खत्री (बेस्ट डिसिप्लिन र मस्ट पपुलर), उषा लामिछाने (मस्ट एक्टिभ, दीक्षा रिसाल (मस्ट एक्ट्र्याक्टिभ), कमला तामाङ (बेस्ट फोटोजेनिक र बेस्ट ड्रेस), प्रकृति लिम्बू (मस्ट कन्फिडेन्ट) तथा उषा लामिछानेले (पब्लिक च्वाइस) उपाधि विजेता रहे ।

मिसेज नेपाल आइडलमा भने सलिना गुरुङ (बेस्ट पर्सनालिटी), इस्मा राई (बेस्ट ट्यालेन्ट तथा बेस्ट ड्रेस), पारु थापामगर (बेस्ट हेयर), पूजा तामाङ (बेस्ट स्किन, पब्लिक च्वाइस र मस्ट पपुलर), रीता महर्जन (बेस्ट फोटोजेनिक), शोभिता राई (मस्ट स्मार्ट), आष्मा श्रेष्ठ (मस्ट एक्टिभ) तथा मीरा नेपाली (मस्ट कन्फिडेन्ट) घोषित भए ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्