Successfully Copied

लोक गीत–संगीत हाम्रो मौलिक संस्कृति

विशेषतः हाम्रो नेपालका धेरै क्षेत्रमा लोक गीत नै सुनिन्छ, जुन हाम्रो मौलिक संस्कृति हो । नेपालको ग्रामीण तथा हिमाली भेगलगायत सहरी क्षेत्रमा समेत लोक गीत नसुन्ने कोही छैनन् । अहिले विदेशमा पनि लोक गीत–संगीतको ठूलो माग छ । वैदेशिक रोजगारीमा जानेहरू प्रायः ग्रामीण भेगकै हुन्छन् जसलाई

रमिला न्यौपाने, लोक दोहोरी गायिका

युवापुस्ता र्‍याप–पपमा तानिइरहेका बेला तपार्इं भने लोक दोहोरीमै किन ?

विशेषतः हाम्रो नेपालका धेरै क्षेत्रमा लोक गीत नै सुनिन्छ, जुन हाम्रो मौलिक संस्कृति हो । नेपालको ग्रामीण तथा हिमाली भेगलगायत सहरी क्षेत्रमा समेत लोक गीत नसुन्ने कोही छैनन् । अहिले विदेशमा पनि लोक गीत–संगीतको ठूलो माग छ । वैदेशिक रोजगारीमा जानेहरू प्रायः ग्रामीण भेगकै हुन्छन् जसलाई लोकभाका नै मन पर्छ । नेपालमा पप–र्‍याप सुन्नेहरू पनि लोक संगीतका प्रशंसक छन् । 

विशेषतः तीज गीतको महत्व के छ ? 

नेपाली समाज अहिलेसम्म पनि पितृसत्तामै आधारित छ । हरेक काम, व्यवहार एवं निर्णयमा पुरुष सर्वेसर्वा रहने नियम अझै विदितै छ । सहरको सानो जनसंख्यालाई छोडेर, हालसम्म पनि नेपालका एक तिहाई भन्दा बढी महिला कुनै न कुनै रूपमा कुण्ठित जीवन बिताइरहेका छन् । तीज गीतले महिलाहरूका मनभित्रका तिनै कुण्ठा, पिर, वेदना आदि बोलेको पाइन्छ । एकदिन भए पनि आफूभित्र गुम्सिएर रहेका वेदनाको पोको फुकाउन पाउँदा उनीहरू स्वतन्त्र, खुल्ला र खुसी महसुस गर्न पाउँथे भने आजका तीज गीत प्रगतिशील हुँदै गएका छन् जसले महिला स्वतन्क्रता, सशत्तीकरण, विकास तथा निर्णायक तहमा महिलाको सहभागितालाई समेत उजागर गरेका छन् । जुन रूपमा अर्थ्याए पनि तीज गीतले महिलाको स्वतन्त्रता, खुसी र आफू हुनुको अर्थलाई प्रस्ट पार्छन् । 

शब्द, संगीत र गायनमध्ये कुन सजिलो ? 

म विगत पन्ध्र वर्षदेखि यो क्षेत्रमा निरन्तर छु र यी तीनै चीज एकसाथ गर्दै आएकी छु । मेरो अनुभवमा शब्द, संगीत र गायन यी तीनै कुरा निकै कठिन विषय हुन् । कडा परिश्रम एवं साधनाका साथै धैर्य यसका लागि आवश्यक कुरा हुन् । मेरो व्यक्तिगत कुरा गर्नुपर्दा यी तीनवटै विधा मेरा लागि उत्तिकै प्रिय र महत्वपूर्ण छन् र पनि म गायनमा बढी इन्जोय गर्छु । 

संगीतमा भर्सटायल हुन आवश्यक तीन कुरा ? 

संगीतसँग सम्बन्धित सबै कुरा सिक्न र त्यसका बारेमा ज्ञान हुनु जरुरी छ । शब्द चयन, सुरताल र साधनासँगै निरन्तरता पनि चाहिन्छ । 

तीन वर्षअघि तपाईंलाई थाहा नभएको तर अहिले थाहा भएको कुरा ?

लोक सांगीतको क्षेत्रमा यत्तिको सफल भइएला भन्ने लागेको थिएन । आफ्नो क्षेत्रमा अहिले जुन स्थानमा छु त्यो त्यति ढिलो गरी प्राप्त भएको हो भन्ने लाग्दैन । 

व्रत कि दर ?

दर । 

तपाईं कसका लागि व्रत बस्नुहुन्छ ?

म व्रत बस्छु तर असल श्रीमान् पाइएला भनेर व्रत बसेकी होइन । यो एउटा संस्कार हो, त्यसैलाई निरन्तरता दिएकी मात्र हुँ । 

पर्वमा रातै रंगका पहिरन लगाउनुपर्ने किन होला ?

हाम्रो परम्परा पर्वका अवसरमा रातो रंग प्रयोग गर्नेछ जसलाई शुभको प्रतीक मानिन्छ । पौराणिक कालमा पार्वती शीवजीलाई श्रीमान् पाऊँ भनी व्रत बस्दा रातै पहिरनमा सजिएकी थिइन् । त्यही कुराको अनुशरण गरिएको होला । 

तपाईंले कुनै तीजमा अरू नै रंगको पहिरनमा व्रत नलिई निस्फिक्री खानुभएको छ ?

छ, त्यस्ता कयौं तीज छन् जुन दिन अरू नै रंगका पहिरन लगाएर ननभेजसम्म खाएकी छु । ती तीज प्रायः विदेश जाँदाका हुन् ।

 

 Image