नेपालमा थोरै बाथ रोग विशेषज्ञमध्ये पर्छिन् डा.श्वेता नकर्मी । उनी नेसनल बाथ रोग सेन्टर रातोपुलमा कार्यरत छिन् ।
जाडोबाट बच्न के गर्नुहुन्छ ?
न्याना पहिरन लगाउँछु ।
जाडोमा फिट रहन के गर्नुहुन्छ ?
प्रशस्त मात्रामा पानी पिउँछु । जंकफुड तथा चिल्लो खानेकुरा कमै खान्छु । सन्तुलित भोजनका साथै फलफूल र सागपात बढी मात्रामा खान्छु ।
जाडोमा कस्तो पहिरन लगाउँदा स्मार्ट महसुस गर्नुहुन्छ ?
जाडो मौसममा न्यानो हुने स्टाइलिस पहिरन मेरो रोजाइमा पर्छ । त्यसैगरी लगाउँदा सहज हुने र राम्रो लुक्स दिने साधारण पहिरन लगाउन मनपर्छ ।
टोपी, स्कार्फ, मफलर, पन्जा लगाउनुहुन्छ ?
जाडोमा म टोपी, स्कार्फभन्दा पनि पन्जा लगाउँछु ।
जाडोको फुटवेयर ?
फर्मल वेयरसँग बुट लगाउँछु । त्यसैगरी क्याजुअलमा सहज हुने स्निकरका जुत्ता लगाउँछु ।
जाडोमा कस्तो खाना खानुहुन्छ ?
म खानाको कुनै रुटिन फलो गर्दिन । दिनहुँ ग्रिन टी, हट लेमनसहित ३ लिटर पानी पिउँछु । प्रशस्त मात्रामा तरकारी र फलफूल खान्छु । चिल्लो तथा बटर खाँदिन । रातिको डिनर ६ बजे खाइसक्छु ।
जाडो मौसम कस्तो लाग्छ ?
जाडो मौसम राम्रै लाग्छ ।
जाडोमा नियमित व्यायाम गर्नुहुन्छ ?
गर्मीमा जस्तो सक्रिय भएर जाडोमा व्यायाम गर्न कठिन हुन्छ । यतिबेला म साधारण स्ट्रेचिङ मात्र गर्छु ।
जाडो मौसमका दिनचर्या ?
हस्पिटल, घर–हस्पिटल यस्तैमा मेरो दिनचर्या बित्छ ।