‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।

नेपालको झझल्को दिने गरी बेलायतको चार्ल्टन मेरिडियन स्पोर्टस क्लबमा प्रतिभा नक्षत्र–२०१९ सम्पन्न भएको छ । स–साना बालबालिकाले विभिन्न नेपाली पहिरनमा तोते अङ्ग्रेजी लवजमा नेपाली भाषामा आफ्नो परिचय दिएपछि प्रारम्भ भएको कार्यक्रममा विदेशमै जन्मिएर त्यहीँ हुर्किरहेका दोस्रो पुस्ताका बालबालिकाले नेपालको वर्णन गर्दा अभिभावक एवं उपस्थित अन्य व्यक्तिहरू भावुक भएका थिए ।
प्रतिभा नक्षत्र मुख्य दुई अवधारणामा विभाजित थियो ।
पहिलो, खुल्ला मैदानमा भएका विभिन्न व्यपारिक, सूचना, स्वास्थ्य, नेपाली खानाहरू, नेपाली साहित्यिक घर, प्रतिभा नक्षत्र घरका प्रदर्शनीहरू थिए, जसले स्थानीय समुदायको एकता एवं आफ्ना मौलिकताहरू विभिन्न समुदायमा आदान–प्रदान गर्ने काम गरेका थिए । दोस्रो स्टेजमा विभिन्न कला क्षेत्रमा प्रतिस्पर्धा गर्न बाल र युवा गरी २१ जना प्रतिस्पर्धी तमतयार थिए । बालबालिका तथा युवायुवतीहरूको प्रतिभा प्रदर्शनले यो कार्यक्रमलाई रोचक तुल्याएको थियो ।