पोषण र महिनावारी माला

प्रकृति दाहाल

श्रावण २२, २०७६

शिशु जन्मिएपछि कसरी उसलाई हुर्काउने, कुन समयमा के ख्वाउने, कसरी मात्रा मिलाएर ख्वाउने ? यी सबै कुराको तालिका देख्न सकिन्छ बोनिता शर्माको पोषण मालामा । पब्लिक हेल्थ पढेकी (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) सोचाइकी प्रबन्ध निर्देशक शर्माले विगत दुई वर्षदेखि मालामार्फत नै शिशुलाई ख्वाउने पोषण तथा किशोरीहरूलाई महिनावारीसम्बन्धी जानकारी दिँदै आएकी छिन् । उनका पोषण माला सेतो, खैरो, हरियो, नीलो तथा पहेंलो रंगका छन् । त्यसमा नम्बर पनि लेखिएको छ । मालामा भएको रंग तथा नम्बरअनुसार खानेकुराको संकेत गरिएको छ । महिनावारी मालामा झने क्रिस्टलका दानाद्वारा चत्र संकेत गरिएको छ । 

के छ त यो मालामा ?

पोषण माला सेतो रंगबाट सुरु हुन्छ र त्यो ६ नम्बरमा सेतो रंगमै पुगेर अन्त्य हुन्छ जसको अर्थ हुन्छ शिशु जन्मिएपछि ६ महिनासम्म दूध ख्वाउने । दूधको रंग सेतो हुने भएकाले पनि यसलाई सेतै रंगमार्फत संकेत गरिएको शर्मा बताउँछिन् । ६ महिनापछि दूधसँगै अन्य खानेकुरा पनि थप्दै लानुपर्ने हुन्छ । त्यसलाई बोनिताको मालाले फरक–फरक रंगमार्फत बताएको छ । ६ देखि ९ सम्म सेतो, पहेंलो, खैरो, हरियो, नीलो रंगले संकेत गरिएको छ । यही क्रम २४ महिनासम्म दोहोरिएको छ जसले रंगअनुसार खानेकुराको संकेत गर्छ । पहेंलो रंगले दाल, गेडागुडी, खैरोले अन्न, हरियोले सागसब्जी तथा नीलोले माछा–मासु खानुपर्ने कुरा बताउँछ । 

९ देखि २४ सम्म एउटै देखिए पनि फरक भएको शर्मा बताउँछिन् । शर्माका अनुसार शिशुको उमेर बढ्दै जाँदा खानाको मात्रा पनि बढाउँदै लानुपर्ने हुन्छ । ६ महिनासम्म तीनपटक दूध ख्वाए पुग्छ भने ९ महिनादेखि १२ महिनासम्म ३ पटक खाना तथा एकपटक खाजा ख्वाउनुपर्छ । त्यसपछि १२ देखि २४ महिनासम्म ३ पटक खाना र २ पटक खाजा ख्वाउनुपर्छ’ शर्मा भन्छिन् । 

बोनिताले निर्माण गरेको अर्को माला हो–महिनावारी माला । महिनावारी माला क्रिस्टलले बनेको छ । किशोरीहरूलाई लक्षित गरी तयार पारिएको ऊक्त मालाको सहयोगमा महिनावारी चत्र पत्ता लगाऊन सकिन्छ । यो मालामा २८ वटा क्रिस्टलका दाना छन् । महिनावारी हुँदाको रत्तस्रावको समयलाई रातो रंगले देखाइएको छ । मालाको बीचमा सुन्तला रंगको दाना छ जसलाई डिम्ब निस्काशन हुने दिनको संकेत मानिएको छ । त्यसको दायाँ–बायाँ चार–चारवटा अन्य दाना छन् जसले गर्भधारणको समय देखाउँछन् । बाँकी आठ वटा दानाले भने महिनावारीको समय नजिकिँदै गएको संकेत दिन्छन् । 

कुपोषणको मात्रालाई जसरी रंगले सहजै बुझ्न सकिन्छ त्यसैगरी पोषणको विषयलाई पनि रंगमार्फत नै बुझाउन पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्थ्यो । ‘रंग त्यसमाथि पनि महिलालाई बुझाउन यो मालामार्फत सहज होला भनेर पोषण मालाको सोच आएको हो ।’ बोनिताले भनिन् । 

यही सोच र अभियानले बेलायतमा आयोजित ‘लिड २०३० च्यालेन्ज’ मा ५० हजार डलर पुरस्कार जितेको छ । यो पुरस्कारसँगै थप काम गर्ने जिम्मेवारीका साथै चुनौती थपिएको बोनिता बताउँछिन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्