Successfully Copied

स्वरुपा रसाइलीको बारीको फुल

तीज पर्व नजिकिएसँगै तीज गीतहरु सार्वजनिक हुने क्रम पनि बढेर गएको छ । विभिन्न प्रकृतिका तीज गीतहरु सार्वजनिक भैरहेका छन् । यहि मेसोमा गायिका स्वरुपा रसाइलीले ‘बारीको फुल’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । 

लामो समयदेखि सांगीतिक क्षेत्रमा कृयाशिल गायिका स्वरुपालाई सार्वजनिक गीतमा उनकै आमा पबित्रा रसाइलीले गायनमा साथ दिएकी छिन् । लोकप्रिय संगीतकार बि.बि अनुरागीको शब्द/संगीत तथा संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । 

देबेन्द्र बब्लुले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अभिनेत्री श्रृष्टी खड्काले अभिनय गरेकी छिन् । खड्काका साथमा सुरक्षा, शिक्षा र सर्जकले पनि अभिनय गरेको गीतको भिडियो सम्पादन प्रविन भट्टले गरेका हुन् । मिलन थापाको कोरियोग्राफी रहेको भिडियोको छायांकन राहुल राईले गरेका छन् । 

बारीको फुलको म्यूजिक भिडियो :

 Image