आँखाको  सिजनल एलर्जी 

नारी संवाददाता

श्रावण १९, २०७६

    पानी पर्ने मौसममा आँखामा सिजनल एलर्जी कन्जंक्टिभाइटिस हुन सक्छ, जसले गर्दा आँखा चिलाउने, रातो हुने तथा पाक्ने समस्या देखापर्छ 

    यो मौसममा आँखा रातो हुनुका साथै आँखाबाट धागोजस्तो लामो चिप्रा आउँछ, परिणामस्वरूप उज्यालोमा हेर्न समस्या हुन्छ । 

    यो समस्या १४ वर्ष मुनिका बालबालिकामा बढी देखा पर्छ । गर्मी मौसममा सुरु भए पनि आँखाको यो समस्या चिसो मौसमको सुरुवातसँगै आफैं ठीक 

पनि हुन्छ । 

    चिसो पानीले आँखा धुँदा वा बरफले आँखा सेक्दा आँखा पोल्ने समस्यामा राहत मिल्छ । 

 आँखाको समस्याबाट जोगिन एन्टि एलर्जिक आई ड्रप्स प्रयोग गर्न सकिन्छ भने घाममा वा घरबाहिर निस्कँदा सन ग्लास लगाउन सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्