Successfully Copied

मिस भुटान युएस कविता 

मिस भुटान यूएस २०१९  को उपाधि कविता अहंकारीले हात पारेकी छिन् । पेन्सलभेनिया राज्यको  पिट्स्बुर्गमा जुलाई २७ र २८ तारिक आयोजित उक्त प्रतियोगिताकी विजेता कविता ओहायो सिन्सिनाटकककी वासिन्दा हुन् । अमेरिका रहेका  भुटानी किशोरीहरूप्रति लक्षति उक्त प्रतियोगिताका लागि अडिसनबाट ६  जना युवती छनौट

मिस भुटान यूएस २०१९  को उपाधि कविता अहंकारीले हात पारेकी छिन् । मोडलिङ तथा ग्ल्यामरको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने अमेरिकामा रहेका नेपाली भाषी भुटानी किशोरीहरूको क्षमता विकासका लागि अमेरिकामा हरेक वर्ष आयोजना हुने हिमालयन फेस्टिवल अन्तर्गत आयोजना हुने मिस भुटान यूएस प्रतियोगिता अमेरिकामा रहेका नेपाली भाषी माझ निक्कै लोकप्रिय हुंदै आएको प्रतियोगिता हो । 

पेन्सलभेनिया राज्यको  पिट्स्बुर्गमा जुलाई २७ र २८ तारिक आयोजित उक्त प्रतियोगिताकी विजेता कविता ओहायो सिन्सिनाटकककी वासिन्दा हुन् । अमेरिका रहेका  भुटानी किशोरीहरूप्रति लक्षति उक्त प्रतियोगिताका लागि अडिसनबाट ६  जना युवती छनौट भएका थिए । 

सौन्दर्यभन्दा फनि अतिरिक्त त्रियाकलापमा जोड दिई प्रतिस्पर्धीहरूलाई सबल एवं सक्षम बनाउने उद्देश्य राखिएको उक्त प्रतियोगितामा सहभागी किशोरीहरूलाई व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बोलीचाली, क्याटवाक आदि विषयमा प्रशिक्षणले प्रदान गरिएको थियो ।  

कवितासँगै मिस भुटान युएस २०१९ मा सुस्मिता सुब्बा फस्ट रनर्सअप तथा पुजा क्षेत्री  सेकेन्ड रनर्सअप घोषित भएका थिए । उनीहरूले क्रमश २ हजार, १ हजार ५ सय र १ हजार डलर नगदसहित अन्य पुरस्कार पाए । मिस भुटान यूएस –२०१९ को उपाधि जित्ने कवितालाई वर्षको सेलीब्रेटी पनि घोषणा गरिएको छ ।

प्रतियोगिताको कोरियोग्राफी पुर्व मिस नेपाल तथा नेपाली नायिका मलिना जोशीले गरेकी थिइन् भने प्रतियोगिताको  निर्णायक–मण्डलमा गायिका तथा मोडल केन्जल मेहर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक सुरज साह, गायक प्रताप दास र डिजाइनर शुभेच्छा भाडेल थिए । 

 

 Image