Successfully Copied

साउनको पहिरन

गर्मी मौसम भए पनि वर्षाका कारण शीतल नै हुने साउनमा सकभर रंग नजाने तथा छिट्टै सुक्ने फेब्रिक छान्नुपर्छ । कतिपयले आफ्नो पहिरनलाई युनिक बनाउने धुनमा विभिन्न रंग तथा फेब्रिकको पाइपिङ, बोर्डर आदि राखेका हुन्छन् । कतिपय फेब्रिक रंग जाने वा सुक्ने समस्याले बिग्रने सम्भावना पनि

साउने सोमबारका दिन हरियो पहिरन लगाउने मानसिकता बढेको छ । प्रकृतिसँग जोडिएर होस् वा शिवजीलाई मनपर्ने रंग भएकाले होस् उक्त दिन हरियो साडी, कुर्ता, टप्स, वान पिस आदिमा सजिने महिलाहरू बजार, अफिस तथा मठमन्दिर जताततै देखिन्छन् । गर्मी मौसम भए पनि वर्षाका कारण शीतल नै हुने साउनमा सकभर रंग नजाने तथा छिट्टै सुक्ने फेब्रिक छान्नुपर्छ । कतिपयले आफ्नो पहिरनलाई युनिक बनाउने धुनमा विभिन्न रंग तथा फेब्रिकको पाइपिङ, बोर्डर आदि राखेका हुन्छन् । कतिपय फेब्रिक रंग जाने वा सुक्ने समस्याले बिग्रने सम्भावना पनि हुन्छ । पूजाआजा गर्दा वा मन्दिर जाँदा सिफन वा नेटको प्लेन वा किनारामा गोल्डेन, पिंक, एल्लो बोर्डर भएका साडी राम्रा देखिन्छन् । 

कन्ट्रास कलरको सेल्फ वर्क भएको नेटको ब्लाउज आकर्षक देखिन्छ जसले फरक लुक्स मात्र दिँदैन लगाउन सहज हुनुका साथै गर्मी पनि हुन दिँदैन । युवा पुस्ताका लागि टु इन वान डिजाइनको आवश्यकता हुन्छ । बिहान मन्दिर गएर अफिस पुग्नेहरूले लङ ग्रिन कुर्तीमा निलेन्थ पाइन्ट, प्लाजो वा जिन्स लगाउन सक्छन् । त्यस्तै कर्पोरेट हाउसमा काम गर्ने महिलाहरूका लागि पाइन्टमा सिल्क वा साटनको ग्रिन सर्ट पनि उपयुक्त हुन्छ । अरेन्ज, सुगा कलर, ओलिभ ग्रिन, सी ग्रिन, पिच कलरका पहिरनमा मोर्डन टच दिई सरारा, प्लाजोका साथै सादा पाइन्टमा लङ कुर्तीहरू पनि लगाउन सकिन्छ । यसले फेस्टिभ लुक्स दिन्छ र स्टाइलिस्ट पनि देखिन सकिन्छ । 

यो साउनमा लब्ली ग्रिन, डार्क ग्रिन, लेमन ग्रिनमा ब्राइट रेड बढी रुचाइन सक्छ । ग्रिन र रेडको कम्बिनेसनसँगै एल्लो पनि प्रचलित छ । अरु भन्दा फरक देखियोस् भन्ने चाहनाका कारण पूरै हरियो पहिरन भने त्यति प्रयोग हुने छैन । पूजाआजा गर्दा, मन्दिर जाँदा सिफन वा नेटको प्लेन वा किनारामा गोल्डेन, पिंक एवं एल्लो बोर्डरका साडी राम्रा देखिन्छन् । कन्ट्रास कलरको सेल्फ वर्क भएको नेटको ब्लाउज आकर्षक देखिन्छ । 

साउन महिनामा हरियो पहिरन लगाउँदा यसको कलर कम्बिनेसनमा ध्यान दिन सके अझ राम्रो हुन्छ । जस्तै : हरियो र गोल्डेन, हरियो र रातो, हरियो र बेबी पिंक, हरियो र पहेंलो, हरियो र अरेन्ज, हरियो र नीलो आदि । यसले विभिन्न महिलाको फरक–फरक व्यक्तित्वलाई उजागर गर्न सहयोग गर्छ । अझ पहिरनका साथमा म्याचिङ गहना, एसेसरिज, ब्याग, जुत्ता आदि मिलाउने हो भने सुनमा सुगन्ध थपिन्छ ।

 Image