सुहागको प्रतीक पोते

नारी संवाददाता

श्रावण ९, २०७६

तीज तथा साउने सोमबारका लागि पोते अनिवार्य एसेसरिज नै भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र उन्ने चलन थियो भने अहिले नौगेडी तथा डिजाइन–डिजाइनका पोतेको माला लगाउने चलन चलेको छ । कतिपयले रातो, हरियो तथा पहेंलो रंगको संयोजन गरेर उनिएको पोतेको माला पनि लगाउँछन् ।

 

राता, हरिया तथा पहेंला चुरा

साउने सोमबारको व्रत बस्ने महिलाहरू हुन वा व्रत नबस्ने महिलाहरू, उनीहरू हातभरि हरिया चुरा तथा बालामा सजिएका हुन्छन् । साउन आउनु एकसाता अधि नै साउनका लागि हरिया चुराको बिक्री उत्कर्षमा पुग्छ । हरिया चुराका साथमा पहेंलो तथा रातो चुराहरू पनि उतिकै रुचाइन्छ । साडी, ब्लाउज तथा कुर्तामा भएका स्टोनअनुसार चुरा लगाउने चलन पनि छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>