Successfully Copied

फेसन एण्ड मोडल अवार्ड 

फेसन तथा मोडलिङ क्षेत्रलाई अझ बढी व्यवसायिक, प्रतिस्पर्धी र विस्तारित गर्ने उद्देश्य सहित यो विधालाई आफ्नो कर्म क्षेत्र बनाएर निरन्तर रुपमा लागिरहेकाहरुको योगदानको सम्मान गर्ने हेतुले नेपालमै सम्भवतः पहिलो फेसन एण्ड मोडल अवार्ड २०१९ को आयोजना हुने भएको छ । 

प्याजेन्ट नेपाल इन्टरनेसनलको आयोजनामा संचालन हुने यो कार्यक्रम राजधानी शहरको भृकुटी मण्डप स्थित राष्ट्रिय सभा गृहमा संचालन हुने तय गरिएको छ । यो कार्यक्रमले मूलतः फेसन शो तथा सौन्दर्य प्रतियोगीताको आयोजना, यसमा आफ्नो योगदान र उपलब्धी हासिल गर्नेहरुलाई विभिन्न विधामा पुरस्कृत गर्ने बताइएको छ । 

यसका लागि विभिन्न विधाको अवार्डका लागि मनोनयमा परेकाहरुको नामावली पनि सार्वजनिक गरिएको छ । जस अनुसार फेसन कोरियोग्रफर, फेसन मोडल, मेकअप, हेयर, कार्यक्रम संचालक, इभेन्ट आयोजक, इभेन्ट म्यानेजर, इभेन्ट निर्देशक, फेसन फोटोग्राफर, प्याजेन्ट डान्स कोरियोग्राफर, फेसन पत्रकार, अन्तर्राष्ट्रिय नेपाली मोडल लगायतका विधाहरु रहेका छन् । जसमा केही विधाका लागि भने मोफसल क्षेत्र पनि समेटिएको छ ।

 Image