Successfully Copied

ध्यानपूर्वक गरौं हेयर ब्रसिङ 

सुन्दर एवं लहराउँदो केशले सहज रूपमा जोकसैलाई आफूतर्फ आकर्षित गर्छ । केशको सुन्दरता कायम राख्न मानिसहरू अनेकौं प्रयास गर्छन् । जसमा हेयर ब्रसिङको विशेष भूमिका हुन्छ । केशको स्वास्थ्य पनि यसमै निर्भर गर्छ । हेयर ब्रसिङ सही ढंगबाट गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । 

सुन्दर एवं लहराउँदो केशले सहज रूपमा जोकसैलाई आफूतर्फ आकर्षित गर्छ । केशको सुन्दरता कायम राख्न मानिसहरू अनेकौं प्रयास गर्छन् । जसमा हेयर ब्रसिङको विशेष भूमिका हुन्छ । केशको स्वास्थ्य पनि यसमै निर्भर गर्छ । हेयर ब्रसिङ सही ढंगबाट गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । 

के हो हेयर ब्रसिङ 

केशलाई सही ढंगबाट कोम्ब गरी स्वस्थ राख्नुपर्छ । केश स्वस्थ भएपछि धेरै फाइदा हुन्छ । स्काल्पको मसाज गरेपछि कोम्ब गर्नाले केश रिजुविनेट हुन्छ । हेल्दी हेयर ब्रसिङसँगै सन्तुलित भोजन र केशको प्रकृतिअनुसार स्याम्पु गर्दा पनि केशको सुन्दरता बढ्छ ।

 

हेयर ब्रसिङ गर्दा ध्यान पुर्‍याउनुपर्ने कुरा 

    भिजेको केशमा ब्रस गर्नु हुँदैन । केश राम्रोसँग सुकेपछि मात्र ब्रस गर्नुपर्छ अन्यथा केश झर्ने समस्या देखापर्छ । 

    केशमा पटक–पटक ब्रस गर्नुहुँदैन । यसबाट पनि अनावश्यक रूपमा केशमा दबाब पर्छ । 

    यदि प्लास्टिक वा मेटलको ब्रिसल भएको ब्रस प्रयोग गरिन्छ भने त्यसले केशलाई हानि पुर्‍याउँछ । त्यसैले स्वाभाविक ब्रिसल ब्रस प्रयोग गर्नुपर्छ । यसले स्काल्पको ओयललाई चारैतिर फैलाउँछ र केशको क्युटिकल्सलाई स्मुथ बनाउन पनि सहायक हुन्छ । 

    सही तरिकाले ब्रस गर्नाले ब्लड सर्कुलेसन बढ्छ । यसबाट अक्सिजनलाई भित्रसम्म पुग्न सहयोग मिल्छ र केशको जरालाई पोषण प्राप्त हुन्छ । यसबाट स्काल्प स्वस्थ रहन्छ । 

    हार्मोन र ओयल उत्पन्न गर्ने ग्रन्थि सक्रिय रहन्छ । यसले केशको रोमछिद्र तथा स्काल्पलाई खुल्ला राख्छ ।

    हेयर ब्रसिङ एवं सिवम ग्लान्डका कारणले पनि समस्या उत्पन्न हुन्छ अनि सिवम ग्लान्ड असन्तुलित हुन पुग्छ जसले गर्दा केश झर्ने समस्या उत्पन्न हुन्छ । 

अत्यधिक सिवम उत्पन्न हुनु 

हेयर फोलिकल्स आफ्नै ओयलमा धेरै भिज्छ र जरालाई पोषण प्राप्त हुन सक्दैन । त्यसपछि स्काल्प कमजोर हुन्छ अनि केश टुट्छ ।

सिवम कम उत्पन्न हुनु 

    जरा र फोलिकल्सलाई पोषण प्राप्त हुँदैन । यसबाट केश सुख्खा र बेजान भएर झर्छ । 

    यसका अतिरिक्त कयौं पटक जेल, स्प्रे, स्याम्पु तथा कन्डिसनर आदिले पनि पोर्स तथा फोलिकल्स ब्लक गर्छन् । यसबाट यो खतरनाक केमिकल जरासम्म पुग्ने पोषणलाई मात्र रोक्दैन, यसले केशको स्वाभाविक रूपले हुने वृद्धि पनि रोक्छ । 

    यस्तो स्थितिमा केश राम्रोसँग ब्रसिङ एवं मसाज गर्नुपर्छ । यो स्थितिमा चिकित्सकसँग सल्लाह गरेर सही स्याम्पु प्रयोग गरी सिवम ग्लान्डको सन्तुलन कायम राख्न सकिन्छ । यस्तो स्याम्पु केमिकल फ्रि वा हर्बल हुनुपर्छ । 

    कन्डिसनर प्रयोग गर्नुपर्छ । यसबाट केशलाई कोटिङ प्राप्त हुन्छ । टेक्सचर स्मुथ बन्छ र म्यानेज गर्न पनि सहज हुन्छ । ब्रसिङबाट केशको नरमपन कायम रहन्छ । 

    स्काल्पको मसाज गर्न स्काल्प मसाजर उपलब्ध छ । यस्तो मसाजर प्लास्टिकको हुनुहुँदैन । त्यसले स्काल्पमा कोतर्न सक्छ । जसबाट केशको स्वास्थ्य प्रभावित हुन्छ । 

    हल्का हातले दुईदेखि पाँच मिनेट मसाज गर्नुपर्छ । यसले स्काल्पमा राम्रोसँग रक्त संचार हुन्छ । 

    सही तरिकाले गरिएको ब्रसिङ र राम्रो हेरचाहले केश सुन्दर एवं आकर्षक देखिन्छ र अपिलिङ लुक प्राप्त गर्न सकिन्छ । 

 Image