Successfully Copied

मिस एसईईको उपाधि प्रियंकालाई

छैटौं संस्करणको मिस एसईई पोखरा–२०१९ को उपाधि प्रियंका सुवेदीले जितेकी छिन् । उपाधिसहित उनले मिस स्पोर्टी तथा बेस्ट ड्रेसको एवार्ड समेत हात पारिन् ।

छैटौं संस्करणको मिस एसईई पोखरा–२०१९ को उपाधि प्रियंका सुवेदीले जितेकी छिन् । उपाधिसहित उनले मिस स्पोर्टी तथा बेस्ट ड्रेसको एवार्ड समेत हात पारिन् ।

इभेन्ट्स फर यू एवं सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा सञ्चालित उक्त प्रतियोगितामा आयुष्मा गिरी फस्ट रनर्सअप तथा सेन्जिया गुरुङ सेकेन्ड रनर्सअप भएका थिए । प्रतियोगिताको फाइनलमा १९ जना युवतीले प्रतिस्पर्धा गरेका थिए । 

 Image