Successfully Copied

ब्रान्डेड कस्मेटिक प्रोडक्ट

फ्रिविइल प्राइभेट लिमिटेडले हालै नेपालमा नयाँ ब्रान्डका कस्मेटिक प्रोडक्ट भित्र्याएको छ । केए, पोल्का र एक्सप्लोर ब्रान्डका ७० किसिमका उत्पादन बजारमा ल्याएको फ्रिविइलले महिला–पुरुष दुवैले प्रयोग गर्न मिल्ने उत्पादन बजारमा उपलब्ध गराएको छ ।

आउटलेट : फ्रिविइल प्राइभेट लिमिटेड, खिचापोखरी काठमाडौं ।

विशेषता : ब्रान्डेड कस्मेटिक प्रोडक्ट पाइने उपयुक्त गन्तव्य ।

फ्रिविइल प्राइभेट लिमिटेडले हालै नेपालमा नयाँ ब्रान्डका कस्मेटिक प्रोडक्ट भित्र्याएको छ । केए, पोल्का र एक्सप्लोर ब्रान्डका ७० किसिमका उत्पादन बजारमा ल्याएको फ्रिविइलले महिला–पुरुष दुवैले प्रयोग गर्न मिल्ने उत्पादन बजारमा उपलब्ध गराएको छ ।

जुनसुकै मौसम तथा अवसरमा लगाउन मिल्ने यस्ता उत्पादन छालाको प्रकार र बनावट मात्र नभई सुन्दर तथा छालालाई स्वस्थ बनाउने गुणयुक्त पनि भएको पाइन्छ । फ्रिविइलले बजारमा भित्र्याएका सबै ब्रान्डका उत्पादन अत्याधुनिक मेसिन तथा अवधारणाअनुरूप उत्पादन गरिएको हुँदा बजारमा यसको माग राम्रो रहेको बिक्रेताहरू बताउँछन् ।

केए र पोल्काका उत्पादनहरूमा फेसवास, फेस क्रिम तथा स्किन प्रोटेक्सन प्रमख छन् भने पोल्का ब्रान्डका सबै उत्पादन कस्मेटिक प्लस गुणले युक्त छन् । केए र पोल्का विशेषगरी महिला अर्थात् युवतीहरूले बढी प्रयोग गर्छन् । एक्सप्लोर ब्रान्डका सबै उत्पादन जेन्ट्स प्रोडक्ट हुन् ।

 Image