Successfully Copied

झलमल्ल भान्सा

अहिले जिउने कला फेरिएको छ । जीवन बिताउने शैली बदलिएको छ । जीवनशैलीमा आएको यो ठूलो परिवर्तनले कमैलाई माक्र नछोएको होला । हरेक व्यत्ति आफ्नो लाइफ स्टाइल अपग्रेडिङमा कन्सस देखिन्छन् । उहिले सुकुल–पिर्कामा बसेर खाना खाने हजुरबुवा–हजुरआमा अहिले डायनिङ टेबलमा बसेर आनन्दसँग खान्छन् ।

अहिले जिउने कला फेरिएको छ । जीवन बिताउने शैली बदलिएको छ । जीवनशैलीमा आएको यो ठूलो परिवर्तनले कमैलाई माक्र नछोएको होला । हरेक व्यत्ति आफ्नो लाइफ स्टाइल अपग्रेडिङमा कन्सस देखिन्छन् । उहिले सुकुल–पिर्कामा बसेर खाना खाने हजुरबुवा–हजुरआमा अहिले डायनिङ टेबलमा बसेर आनन्दसँग खान्छन् । आफन्तहरूबीच खुसी जोड्ने माध्यम बनेका यस्ता साधनको प्रयोग अहिले निकै फस्टाएको पाइन्छ । विगतमा छुट्टै भान्सा हुँदैनथ्यो, घरका कोठाहरूसमेत अलग–अलग नहुने त्यो समयमा छुट्टै भान्सा कोठा कल्पनाबाहिरको कुरा थियो ।

बीचमा एउटा यस्तो समय आयो जहाँ एउटा सिंगै कोठा भान्साकै लागि मात्र भनेर छुट्याइन्थ्यो तर अहिले जमाना फेरिएको छ । एउटा कर्नर होस् वा ओपन स्पेसमा चित्ताकर्षक मोड्युलर तथा मुभएबल किचन देख्न पाइन्छ, जहाँ दिनभरि कामले थकित मनहरू खुसी र शान्ति खोज्ने प्रयास गर्छन् । शान्ति र सन्तुष्टि प्राप्त गर्ने स्थान बनेको भान्सालाई अझ आकर्षक एवं मनमोहक बनाउन बजारमा विभिन्न फर्निचर तथा एसेसरिज उपलब्ध छन् । 

पकाउने भाँडा र खाने थाल मात्र राखिएको कुनै भान्साको कल्पना गरौं त ? कति खिन्न र उदास महसुस हुन्छ । भान्साभरि फर्निचर, विभिन्न कलाशैलीका एसेसरिजलगायत डेकोरेटिभ आइटम्सले भरिपूर्ण भान्सा सम्झदा भने मनै फुरुङ्ग हुन्छ । अहिले नेपाली बजारमा यी विविध साधन र उपकरण सहजै उपलब्ध छन् । जुन हामीलाई खुसी दिन तत्पर देखिन्छन् । किचन कन्सेप्टका संजीव पराजुलीका अनुसार एक दशकअघिसम्म पनि संभ्रान्तबाहेक आमनेपाली किचनका सम्बन्धमा त्यति सोच्दैनथे जति अहिले यो ट्रेन्ड चुलिएको छ । अहिले घर निर्माण गर्नुअघि भान्सा तथा त्यसको डेकोरेसनका लागि अलग्गै बजेट छुट्याइन्छ ।

अहिलेका मानिस देश–विदेश आवतजावत, मिडिया एक्सपोजर र लाइफ स्टाइलमा कन्सियसनेसका कारण यस्ता कुरामा सचेत भैसकेका छन् । सामान्यतया १ करोडको घर निर्माण गर्दा २० देखि २५ प्रतिशत रकम भान्सा निर्माणमा खर्च हुने निर्माण व्यवसायी समिरजङ थापाले बताए । जसमा मुभएवल, मोड्युलर किचनदेखि लिएर भान्साका आधुनिक सामग्री तथा एसेसरिज पर्छन् । यसले भान्साको लुक्स परिवर्तन गर्ने मात्र नभएर मानिसको जीवन परिवर्तनमै ठूलो भूमिका खेल्छन् ।

बेस्ट इन्टेरियरका हीरा महर्जनका अनुसार अहिले मानिसहरू महँगा डायनिङ टेबल, किचन काउच, सोर्‍याक पिसहरूतर्फ आकर्षित छन् । ‘२५ हजारभन्दा कम मूल्यको डायनिङ अहिले कमैले मात्र हेर्छन् ।’ हीराले भने–‘अहिले ग्राहकको रुचि किचन फर्निचरतर्फ छ ।’ घर बनाउने भन्नेबित्तिकै सबैभन्दा पहिले किचन र बेडरुमको परिकल्पना गरिन्छ ।

विशेषतः महिलाहरू यसतर्फ बढी केन्द्रित भएका पाइन्छन् । घरभित्र महिलाले धेरै समय बिताउने स्थानका रूपमा लिइने किचन अब किचनमा मात्र सीमित नरहेर शान्ति र सन्तुष्टि प्राप्त गर्ने ठाउँका रूपमा मौलाउँदैछ । इम्पेरियल फर्निचरकी प्रनिता राणासँग लामो समयदेखि उच्चवर्गीय एवं संभ्रान्तहरूसँग यही क्षेत्रमा काम गरेको अनुभव छ । हाइक्लासहरू आजभन्दा ५–७ वर्षअघिसम्म बेडरुम, बाथरुम तथा लिभिङ रुमका सजावटका फर्निचर एवं एसेसरिजमा बढी केन्द्रित थिए तर अहिले आएर उनीहरू किचनका लागि फर्निचर तथा सजावटका सामग्रीमा ठूलो रकम खर्चिन्छन् । ‘अहिले मानिसहरू शान्त वातावरणमा राम्रा फर्निचरमा बसेर खान रुचाउँछन् ।’

मानिसको बदलिंँदै गएको इच्छा एवं चाहना अत्याधुनिक उपकरण र सामग्रीसँग पनि जोडिएको बताउँदै प्रनिता भन्छिन्–‘जसको फुलफिलमेन्ट आफूले प्रयोग गर्ने सामग्रीमा निर्भर हुन्छ । जस्तो सामान प्रयोग गरिन्छ उस्तै सोच बढ्दै जाने हो । तसर्थ यी सामग्री अहिले आएर मानिसको खुसी एवं उमङ्ग बढाउने साधन भएका छन् ।’ प्रनिताको भनाइमा पूर्णरूपमा नगए पनि यो सत्यतालाई नकार्न भने सकिँदैन कि पछिल्लो समय आधुनिक उपकरण, प्रविधि एवं सामग्रीतर्फ मानिसको ध्यान बढी खिचिँदै गएको छ । किचन फर्निचर तथा वेयरमा अहिले नयाँ कला, शैली, डिजाइन एवं मोडल देख्न पाइन्छ । 

डायनिङ टेबल

बजारमा १० हजारदेखि लिएर झन्डै १० लाखसम्म पर्ने डायनिङ टेबल उपलब्ध छन् । यसमा प्रयोग हुने सामग्री अर्थात् काठ वा फलामको गुणस्तर र मात्रा हेरी मूल्य निर्धारण गरिन्छ । डायनिङ टेबलको डिजाइन र त्यसमा फिट गरिएका अन्य एसेसरिजले पनि त्यसमा भ्यालु राख्छन् । ग्लास टपिङ गरिएका डायनिङ टेबल अहिले चल्तीमा छन् जसलाई घुमाउँदा खानाका प्लेटहरू व्यक्तिका अगाडि पुग्छन्, खाने मानिसले लम्किएर खाना आफूतर्फ घिसारिरहनु पर्दैन । अहिले नेपालमा सालकै डायनिङ टेबल बढी चल्तीमा रहेको व्यवसायीहरू बताउँछन् । यद्यपि बेतबाँस, रडआइरन तथा प्लास्टिकका डायनिङ टेबल प्रयोग गर्नेहरूको संख्या पनि उत्तिकै छ ।

किचन र्‍याक 

अहिले नेपाली काठका दराज वा र्‍याकभन्दा पनि विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका किचन र्‍याक चल्तीमा छन् । चेरी उड ब्रान्ड, मलेसियन पाइनउड आदिका ब्रान्डेड काठद्वारा उतै निर्मित किचन र्‍याक यहाँ ल्याएर फिट गरिन्छ । जसको फिनिसिङ कुनै पनि हालतमा नेपाली कालिगढबाट सम्भव नहुने सम्बन्धित व्यवसायीहरू तर्क गर्छन् । हेर्दा आकर्षक, विविध कलर अनि बलिया यस्ता किचन र्‍याक अहिले प्रत्येक नेपाली भान्साका सहयोगी भएका छन् । 

किचन काउच

आधुनिक किचनमा काउच राखिएकै हुन्छ । अहिलेका प्रायः किचनमा बाँसद्वारा निर्मित लचकदार र सजिला काउचमाथि म्याट्रेस तथा कुसन राखिएको पाइन्छ । जुन गृहिणी वा भान्सामा उपस्थित भैरहनेहरूलाई शारीरिक रूपमा सहजताका लागि प्रयोग हुन्छ । अझ अहिले त डायनिङ टेबलमै पनि एकातर्फ कुर्सी र अर्कातर्फ आरामदायक काउच राख्ने प्रचलन बढ्दो छ । 

वाल अट्याच सोकेस

वाल अट्याच सोकेस यस्तो चीज हो जसले भान्सामा थप आकर्षण पैदा गर्छ । मुख्यतः काठद्वारा निर्माण गरिने वाल अट्याच सोकेसमा मूल्यवान् भाँडाकुँडालगायत एन्टिक सोपिसहरू सजाएर राखिएको पाइन्छ । त्यतिमात्र नभएर यस्ता सोकेसका सिसाभित्र पजल्स इफेक्ट्सका लागि फरक रंगका लाइट्स पनि राख्ने चलन छ । 

बार फर्निचर

अहिले उच्च घरानियाँ परिवारको किचनमा मिनी मात्र नभएर ठूलै बार पनि देख्न पाइन्छ । किचन बारका लागि अहिले साना तथा चिटिक्क परेका फर्निचर चल्तीमा छन् । कम हाइटका सिसा भएका र सिसारहित काठका बलिया फर्निचर किचन बारमा प्रयोग हुन्छन् । नेपालमा अहिले देखिएका किचन बार फर्निचरमा डार्क कलर बढी प्रयोग बढी भैरहेको छ । आधा खुल्ला र आधा बन्द यस्ता फर्निचरमा विविध ब्रान्डका मदिराका बोतलले सुन्दरता थपेका हुन्छन् ।

फ्रुट्स तथा भेजिटेबल केस

अहिले हरेक भान्साको डायनिङ टेबलमा फ्रुट्स केस देख्न पाइन्छ । अहिले बेतबाँस र काठका फ्रुट्स तथा भेजिटेबल केस चलनचल्तीमा छन् । सस्ता, बलिया, आकर्षक र प्रयोग गर्न सहज हुनाले यस्ता फ्रुट्स तथा भेजिटेबल केस सबैको प्रिय बनेका छन् । ताजा फलफूल तथा हरिया तरकारीले भान्सामा बहार ल्याउने हुँदा यस्ता सामग्रीको प्रयोगमा वृद्धि भैरहेको छ । 

किचनलाई राखौं उज्यालो

प्रतिभा भण्डारी, गृहिणी 

मेरो धेरै समय किचनमै बित्छ । जहाँ धेरै समय बिताइन्छ त्यो ठाउँ चित्ताकर्षक हुनुपर्छ । म आफ्नो किचनलाई पूर्ण बनाउन चाहन्छु तसर्थ म यसमा कुनै कमी आउन दिन्न । आवश्यक सामग्री तथा फर्निचर जुटाउन म आफ्नै व्यक्तिगत खर्च कटाएर यस्ता सामग्री जोड्छु । किचनमा भएका हरेक सामग्रीको म साप्ताहिक रूपमा सरसफाइ र विशेष हेरचाह गरिरहन्छु । त्यसले ममा छुट्टै ऊर्जा भर्नुका साथै मेरो मनलाई पनि खुसी बनाउँछ ।

 Image