Successfully Copied

हेयर एण्ड शान्तीकी निर्देशक अनुजा श्रेष्ठ भन्छिन्, सफल हुन हिम्मत जुटाउनुपर्छ

स्टाफहरु त ट्रेनिङ प्राप्त हुने भए । तर, म आफै संचालक भएका हिसावले मैले पनि ट्रेनिङ र आवश्यक प्रशिक्षण लिनु अनिवार्य थियो । सैलुन स्थापना अघि मैले सामान्य किसिमका तालिम लिएँ । त्यसपछि सैलुनलाई थप व्यवसायीक रुपमा अगाडी वढाउनुपर्छ भन्ने सोच आएपछि भारतका

तिन वर्ष अघि काठमाण्डौं स्थित कमलादीमा सुरु गरिएको ‘हेयर एण्ड शान्ती’ नेपालको लोकप्रिय सैलुन हो । छोटो समयमै उक्त शैलुन ठमेलस्थित छायाँ सेन्टर ठमेल, जावलाखेल र पश्चिम नारायणगढमा बिस्तार भएको छ । पोखरा र वुटवलमा थप शाखा विस्तार गर्ने योजना छ । हेयर एण्ड शान्ति नेपालमा सुरु हुनुअघि भारतका विभिन्न राज्यमा १५ वटा शाखा खुलिसकेको थियो । ‘पहिलो कुरा हामि नेपाली हौं, भारतमा मात्रै स्थापना भएर हुँदैन, नेपालमा पनि खोल्नुपर्छ भनेर यहाँ पनि सुरु गरेका हौं’, संचालक अनुजा श्रेष्ठ भन्छिन्, ‘भारतमा ग्राहकहरुले उत्कृष्ट सैलुन बनाइदिनुभयो, नेपालीहरुले पनि मन पराइदिने कुरामा आशावादी छौं ।’ व्यापार गरेर पैसा कमाउने मात्रै नभै नेपाली युवाहरुलाई स्वदेशमै आत्मनिर्भर गराउनका लागि पनि आफुहरु प्रत्येक प्रदेशका मुख्य शहरमा सैलुन स्थापना गर्ने योजना रहेको उनले बताइन् । एउटा महिलाले नेपाल र भारतमा संचालन भैरहेका यति धेरै सैलुनको ध्यान दिन सकेकी छिन् ? यो सैलुन कसरी र कहिले स्थापना गरियो ? लगायत विभिन्न विषयमा सैलुनकी निर्देशक तथा हेयर स्टाइलिस्ट श्रेष्ठसँग कान्तिपुरका रामजी ज्ञवालीले छोटो गफगाफ गरेका छन् ।

हेयर एण्ड शान्तीको स्थापना कहिले र कसरी गर्नुभयो ?

हामिले आज भन्दा १८ वर्ष अघि दिल्लीको साउथ एक्स्टेन्सन पार्ट २ मा झण्डैं ४ सय बर्ग फुट भाडामा लिएर ‘ह्यारी एण्ड शान्ति’ नाम दिएर ब्युटि सैलुनको रुपमा स्थापना गरेका थियौं । यो शैलुन स्थापना गर्नु अघि जुन सोच राखेका थियौं, त्यस्तै किसिमको सहज त भएन । तर, हामिले सैलुन सुरु भएपछि आइपरेका हरेक किसिमका कठिन अवस्थामा सहकार्य ग-यौं । पछाडि हट्ने काम गरेनौं ।

सैलुन स्थापना अघि र त्यसपछि तपाईँले आफै केहि तालिम लिनुभयो कि टे«निङ प्राप्त स्टाफहरुकै भरमा सैलुन स्थापित भएको हो ?

स्टाफहरु त ट्रेनिङ प्राप्त हुने भए । तर, म आफै संचालक भएका हिसावले मैले पनि टे«निङ र आवश्यक प्रशिक्षण लिनु अनिवार्य थियो । सैलुन स्थापना अघि मैले सामान्य किसिमका तालिम लिएँ । त्यसपछि सैलुनलाई थप व्यवसायीक रुपमा अगाडी वढाउनुपर्छ भन्ने सोच आएपछि भारतका विभिन्न स्थानहरुमा हुने केश सज्जा र सौन्दर्य लगायतका विषयमा सेमीनार तथा तालिमहरुमा सहभागी भएँ । सन् २००६ मा सिंगापुरमा रहेको टोनी एण्ड गाए ऐकेडेमी बाट केश सज्जामा डिप्लोमा गरेँ । बेलायतको लण्डन स्थित टोनी एण्ड गाए बाटै सन् २०१६ मा मास्टर क्लास पुुरा गरेँ । दक्षिण कोरियाको प्रख्यात ब्युटी एकेडेमी किम जे –यान वाट सन् २००९ मा एडभान्स्ड कोर्स समेत गरेकी थिएँ । अन्य विभिन्न मुलुक श्रीलंका, मालदिभ्स, इन्डोनेसिया, टर्कि, जापान, स्पेन, फ्रान्स, ईटली, जर्मनी, प्राग, ग्रिस, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा लगायत देशहरुबाट पनि मैले विभिन्न आवश्यक कोर्षहरु लिएकी छु । स्टाफहरुकै भरमा यति धेरै सफल हुन सकेका हैनौं तर सफल बनाउन उहाँहरुको महत्वपुर्ण भुमिका छ ।

तपाईँ आफै यो व्यवसायमा कसरी जोडिनुभयो ?

केहि कुरा त अघि पनि भनिसकें । म नारायणगढको बालकुमारी कलेजमा व्याचलर पढ्दै थिएँ । त्यसै क्रममा फेशन डिजाइनर बन्ने रहरले दिल्ली गएँ । दिल्लीको पिभोट पोइन्टबाट डिप्लोमा कोर्ष पुरा गरेँ । त्यसपछि सैलुन खोल्नुपर्छ भन्ने सोच अनुसार काम सुरु गरें । त्यति बेला शान्ति दिदी हेयर डिजाइन र मेकअप आर्टिस्टको रुपमा काम गर्नुहुन्थ्यो ।  त्यतिबेला मिस युनिभर्स हुँदै थियो, दिदी त्यहाँ छनौट हुनुभयो । र, ईन्डियाले मिस युनिभर्स पनि जित्यो । त्यसपछि मलाई पनि हेयर डिजाइनर भएर काम गर्ने हुटहुटी सुरु भएको थियो । मलाई यहाँसम्म ल्याउनका लागी शान्ती दिदि, मेरो श्रीमान तथा समग्र परिवारको ठुलो सहयोग छ ।

सुरुमा ह्यारी एण्ड शान्ति नाम थियो, पछि हेयर एण्ड शान्ती कसरी र किन नामाकरण गर्नुभयो ?

हाम्रो सैलुनमा शान्ती दिदि हुनुहुन्थ्यो । उहाँ र एकजना नेपाली युवाको लगानीमा २००१ मा ह्यारी एण्ड शान्ती स्थापना भएको थियो । पछि ह्यारी हामिसँग छुट्टिएपछि नाम परिवर्तन गरेका हौं ।

यति धेरै शाखा छन्, कसरी व्यवस्थापन गर्नुभएको छ ?

हरेक शाखामा एकजनालाई जिम्मा दिइएको छ । हामि दिल्लीमा बस्ने भएकाले अपडेट लिने काम हुन्छ, समयले भ्याएसम्म हरेक शाखामा पुग्ने काम गरिरहेकी छु ।

दिल्ली र नेपालका सैलुनमा नेपालीहरुलाई प्राथमिकता दिएर कामदार राख्नुभएको छ अथवा बाहिरका पनि उत्तिकै हुनुहुन्छ ?

मैले भारतका विभिन्न मिडियाहरुमा अन्तरवार्ता दिने क्रममा पनि भनेकी छु, आफु नेपाली भएको कारणले सकेसम्म नेपालीहरुलाईनै रोजगार दिनुपर्छ । अत्यावश्यक अवस्थामा अरु कामदार राख्नुपरेपनि नेपालीहरुले सक्ने ठाउँमा उहाँहरुलाईनै प्राथमिकता दिएका छौं । अधिकांस सैलुनमा नेपालीहरुनै हुनुहुन्छ ।

कति जनालाई रोजगार दिनुभएको छ ?

दिल्लीको एउटा शाखामा ५० जनासम्म काम गर्नुभएको छ । अधिकांश साखाको कुरा गर्नेहो भने प्रती सैलुनमा कम्तीमा १५ जनाले रोजगार पाउनुभएको छ । सम्पुर्ण साखाको कुरा गर्नेहो भने ५ सयको हाराहारीलाई रोजगार दिन सकिएको छ ।

धेरैले सैलुन व्यवसायलाई तल्लो दर्जाको व्यवसाय भन्ने बेलामा तपाईँहरु यो व्यवसायमा लाग्नुभो नि ?

एकदमै राम्रो प्रश्न गर्नुभयो । नेपालीहरु पछि परेको कारण यो पनि एउटा हो । काम भन्ने कुरा सानो ठुलो अथवा कुनै जात विशेषको हुँदैन । यो पेशालाई  एउटा प्रतिष्ठित उधोगको रूपमा विकास गर्न सकिने सम्भावना देखेपछि भारतमा सैलुन स्थापना गरेका थियौं । हामीले अलिकति राम्रो लगानीमा सुविधायुक्त सैलुन स्थापना गर्ने सोच थियो, लगभग सफल भएका छौं ।

एउटा महिलाले यति धेरै सफलता पाउने कुरा सामान्य पक्कै हैन, कति गाह्रो भयो ?

गाह्रो र सहज भन्ने कुरा हरेकलाई हुन्छ । महिलालाई मात्रै गाह्रो हुने र पुरुषलाई नहुने भन्ने हुँदैन । कुनैपनि संघसंस्था अथवा व्यवसाय चलाउन उचित सिप, धैर्यता, मिहेनत र अनुशासन हुनुपर्छ । अर्को कुरा जति असफल भएपनि सपना देख्न छोड्नु हुँदैन ।

कुनै नेपाली महिलाले यो व्यवसायमा लाग्न खोज्नुभयो भने तपाईँ आफ्नो तर्फवाट के कस्तो किसिमको सहयोग गर्न सक्नुहुन्छ ?

आवश्यक सल्लाह र सुझावका लागी म सधै तयार छु । मैले समय–समयमा धेरै युवतीहरुलाई यो कुरा भनिरहेको पनि छु । सकेसम्म आत्मनिर्भर हुनका लागी के,ह गर्नुपर्छ भनिराखेकी छु । सैलुन सम्वन्धी सामान्य सिप भएकाहरुलाई जागिर दिनुपर्छ भने सम्पर्क गर्नुहोला, हामीलाई आवश्यक परेको खण्डमा रोजगार पनि दिन्छौं । आफै केहि गर्छु भन्नुहुन्छ भने आइडियाहरु पनि दिनेछु । नेपालवाट रोजगारीका लागी मुलुक छोडेर विदेश पलायन हुने युवाहरुको भिड बढिरहेको छ, तर सकेसम्म नेपालीहरुलाई जागिरका लागी विदेश पलायन रोक्नुपर्छ भन्ने मेरो सोच समेत छ । म आफैपनि लाखौं रकम बुझेर जागिर खान सक्ने थिए होला तर जागिर खाएर मात्रै हुँदैन, रोजगार पनि दिन सक्नुपर्छ भन्ने सानैदेखिको सोच अनुसार म यो व्यवसायलाई विस्तार गरिरहेकी हुँ ।

आगामी योजनाहरु केहि छन् कि ?

हामीले हेयर एण्ड शान्तीलाई नेपालका प्रमुख शहरमा विस्तार गरेर ग्राहकहरुका सन्तुष्टि मेटाउन चाहान्छौं । अहिले हरेक नेपाली स्टाइलिस्ट हुन चाहान्छन्, अझ युवायुवतीहरुलाई त स्टाइलिस्ट भएर हिड्ने ठुलो इच्छा हुन्छ । नेपाली युवायुवतीहरु मोडर्न जमानामा प्रवेश गरेका छन् । आफ्नो लुक्स परिवर्तन गर्न चाहान्छन् । त्यो इच्छा पुरा गरेर हामिले सकेसम्म धेरै नेपाली युवायुवतीहरुलाई रोजगारी पनि दिने सोच छ । अवको केहि बर्षमा हामीले अहिले रहेका स्टाफको दोब्बर गराउने सोच राखेका छौं ।

 Image