Successfully Copied

नारीलाई आरक्षण दिने मात्र होइन, सक्षम बनाऔं

महिला आरक्षण दिँदैमा नारीलाई मूल प्रवाहमा समावेश गर्न सकिँदैन । केहीलाई सकिएला तर सम्पूर्णलाई कदापी होइन । महिलालाई आरक्षण होइन, अवसर चाहिन्छ । महिलाहरू पुरुषको तुलनामा कम क्षमतावान् हुँदैनन् । महिलालाई आरक्षणमा मात्र सीमित गर्नु भनेको महिलामा अन्तरनीहित क्षमता उजागर नगर्नु हो ।

नारी ईश्वरको अद्भुत रचना हो । नारीलाई देवीको प्रतीक मानिएको छ । नारी रचनाकी खानी हुन् । नारीले नौं महिनासम्म शिशुलाई आफ्नो गर्भमा राख्छिन् । नौ महिनापश्चात् उसलाई जन्म दिन्छिन् र हुर्काउँछिन् । जन्म र पालनपोषणका साथसाथै संस्कार पनि दिन्छिन् । आफ्नो शिशुको खुशी हेरेर प्रसूति व्यथा समेत बिर्सन्छिन् । यसरी नारीले यो संसारमा रचना अर्थात् सिर्जनाको भार बहन गर्छिन् । त्यसकारण नारी साच्चै नै महान् हुन्छन् । 

हाम्रो पितृसत्तात्मक वा पुरूष प्रधान समाजले नारीको साहस, सक्षमता र योगदानलाई रत्तिभर पनि सराहना गरेको पाइँदैन । दुई चार नारीले उच्च पद हासिल गर्दैमा सम्पूर्ण नारीको परिवेश आँकलन गर्न सकिँदैन । केही नारीले आफ्नो सही मूल्याकंनका आधारमा नाम र प्रसिद्धि कमाएका छन् भन्दैमा सम्पूर्ण नारीलाई मापन गर्न कदापी मिल्दैन । अझै पनि हाम्रो समाजमा नारीको अवस्था दयनीय छ । हाम्रो समाज नारी हिंसाले ग्रसित छ । नारीले पाउने अधिकार र सम्मानमा अझै पनि प्रशस्तै कमी–कमजोरी छन् । 

महिला आरक्षण दिँदैमा नारीलाई मूल प्रवाहमा समावेश गर्न सकिँदैन । केहीलाई सकिएला तर सम्पूर्णलाई कदापी होइन । महिलालाई आरक्षण होइन, अवसर चाहिन्छ । महिलाहरू पुरुषको तुलनामा कम क्षमतावान् हुँदैनन् । महिलालाई आरक्षणमा मात्र सीमित गर्नु भनेको महिलामा अन्तरनीहित क्षमता उजागर नगर्नु हो ।

महिलालाई आरक्षणको साटो आत्मनिर्भर बनाउने खालका योजनाहरू ल्याउनुपर्छ । घरको कामको बोझ, बालबच्चाको पालनपोषणको जिम्मेवारी, घरायसी समस्या आदि–इत्यादिको बोझ हुँदाहुँदै पनि नारीहरू भ्याएसम्म अग्रता हासिल गर्ने प्रयासमा लागिरहेकै छन् । तैपनि उनीहरूलाई पाखा लगाउने प्रवृत्ति बढ्दो छ ।

यदि त्यस्तो नभएको भए पटक–पटक नारी हिंसाका घटना दोहोरिने थिएनन्– कहिले बलात्कार त कहिले मरन्नासन्न हुने गरि कुटपिट, कहिले जिउँदै जलाउने प्रयासका रूपमा । 

वीरगन्जमा सुनिता यादवलाई उनकै श्रीमान् डा. सचितानन्दले मरन्नासन्न हुने गरी कुटपिट गर्नु र अस्पतालमा उनको मृत्यु हुनु तथा सिरहाको कल्याणपुरमा कंचन मण्डललाई जिउँदै जलाएर मार्नु नारी हिंसाका ताजा घटना उदाहरणका रूपमा छन् ।

अझ निर्मला पन्तको बलात्कार पछि हत्याले त सबैलाई मर्माहत तुल्याएको छ । यी सबै नकारात्मक सोच र रूढीवाढी परम्पराका उपज हुन् । नारीलाई हाम्रो समाजमा बेतलबी नोकरका रूपमा लिने प्रयास गरिएको छ । दिनभरि काम गर्ने तर खाना खाने बेलामा सबैभन्दा पछि खानुपर्ने, कहिलेसम्म नारीलाई थिचेर राख्ने हो यो समाजले ? नारीलाई तुच्छ मान्ने समाजको यो रोगी मानसिकता जरैदेखि उखेलेर फाल्न हामी सबै एकजुट हुनैपर्छ ।

 Image