Successfully Copied

अलिनाको सफलता

विवाहित महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस् टप अफ द वर्ल्ड २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाएकी अलिना शाक्य तुलाधरले सफलता आर्जन गर्न सक्षम भएकी छिन् ।

विवाहित महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस् टप अफ द वर्ल्ड २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाएकी अलिना शाक्य तुलाधरले सफलता आर्जन गर्न सक्षम भएकी छिन् । लातभियाको रिगा शहरमा २०१९ मे २९ देखि जून २ तारिख सम्म संचालन भएको सो प्रतियोगितामा नेपालकी अलिनाले फोर्थ रनर अप उपाधिमा आफ्नो नाम दर्ता गराउन सफल भइन् । 

उनले प्रतियोगितामा मिसेस् स्माइलको अवार्ड पनि हात पारिन् । मिसेस् टप अफ वर्ल्ड २०१९ मा सहभागि हुनुपूर्व अलिनाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धीत अभिमुखिकरण र प्रशिक्षण प्राप्त गरेकी थिइन् । सो प्रतियोगिताका लागि अलिनाको वार्डरोबको डिजाइन ड्रिम फेसन वेयरका डिजाइनर मन्जु बन्जारा ढकालले गरेकी थिइन् ।  

स्नात्तकोत्तर अध्ययन पूरा गरेकी अलिना तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन् भने उनी व्युटिसियन पनि हुन् । मिसेस् टप अफ द वर्ल्ड यस अघि रजनी थापाले वर्ष २०१५को संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । जसमा उनले फोर्थ २०१५ रनर अप तथा मिसेस् डायमण्ड अफ द वर्ल्डको अवार्ड जितेकी थिइन् ।

मिसेस् टप अफ द वर्ल्ड नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई प्लानेट प्रा.लि.ले अलिना शाक्य तुलाधरलाई मिसेस् टप अफ द वर्ल्ड नेपाल २०१९ रुपमा घोषणा गरेको हो । सो प्रतियोगिताका लागि नेपाली प्रतिनिधिको चयन, संयोजन प्रक्रिया र सम्पूर्ण व्यवस्थापन अनिला श्रेष्ठको अगुवाईमा ग्रीन आर्टस् मिडिया प्रा.लि.ले गरेको थियो ।  

मिसेस् टप अफ द वर्ल्ड नेपाल २०१९ का रुपमा चयन भएकी अलिना शाक्य तुलाधारलाई औपचारिक रुपमा विजेताको ताज पहिर्‍याउने कार्य गत चैक्रमा राजधानी स्थित होटल सोल्टी त्राउन प्लाजामा सम्पन्न एक कार्यक्रमका वीच गरिएको थियो ।  

 

 Image